काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारी स्वामित्वमा रहेका कम्पनीहरूमा सर्वसधारणको २५ प्रतिशत स्वामित्व गर्ने सरकारको तयारी रहेको जानकारी गराएका छन् ।
नेपाल टेलिकमको २१ औं वार्षिकोत्सव समारोहमा मंगलबार सम्बोधनका क्रममा बोल्दै सरकारका प्रवक्ता समेत रहेका गुरुङले यस्तो बताएका हुन् । सरकारले सार्वजनिक संस्थाहरूमा उल्लेखनीय सुधारका लागि टेलिकम तथा नेपाल विद्युत् प्राधिकरण जस्ता संस्थाहरूमा सर्वसाधरणको स्वामित्व रहने गरी २५ प्रतिशत पुर्याउने योजना सरकारको गरेको छ ।
टेलिकमको ९२ प्रतिशत शेयर सरकारको र ८ प्रतिशत मात्रै सर्वसाधरणको रहेकोले अब कम्तिमा पनि २५ प्रतिशत सेयर सर्वसाधरणको लागि दिने योजना भैरहेको उनले बताएका छन् । संस्थाको सेवालाई थप प्रभावकारी बनाउन सकिन्छ । सर्वसाधरणलाई संस्थाको स्वामित्व बढाउनु पर्ने सरकारको धारणा छ ।’ सरकारले संस्थाको सेवालाई थप प्रभावकारी बनाउन सर्वसाधरणको स्वामित्व वृद्धि गरी जनतालाई आफ्नो अनुभूति गराउन पनि आवश्यक रहेको उनको भनाइ थियो । नेपाल टेलिकमको सेवा नपुगेका क्षेत्रमा टावरहरू थप्पदै सेवामा गुणस्तर बनाउन टेलिकमलाई निर्देशन दिएका छन् ।