नेपाल औषधि स्थापनाको पाँच दशकपछि अन्तर्राष्ट्रिय मान्यताको प्रमाणपत्र प्राप्त

कर्पोरेट देश/विदेश शिक्षा/स्वास्थ समाचार

काठमाडौं । औषधि व्यवस्था विभागले नेपाल औषधि लिमिटेड स्थापना भएको पाँच दशकपछि अन्तर्राष्ट्रिय मान्यताको प्रमाणपत्र प्राप्त गरेको छ ।

नेपाल औषधि लिमिटेड स्थापना भएको पाँच दशकपछि मंगलबार विश्व स्वास्थ्य संगठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास (जिएमपी) प्रमाणपत्र प्राप्त गरेको औषधि व्यवस्था विभागले उल्लेख गरेको हो । २०२९ सालमा कम्पनी स्थापना भएपनि २०६४/६५ सम्म जिएमपीको प्रावधान नआएपछि कम्पनीले औषधि उत्पादन बन्द गरेको थियो । २०७४ सालदेखि कम्पनीले सो मापदण्डमा औषधि उत्पादन शुरू गरेपछि आज मात्रै प्रमाणपत्र हस्तान्तरण हुनु यो आफैँमा ठूलो उपलब्धि भएको विभागले जनाएको छ ।

कम्पनीले आगामी दिनमा दीर्घरोगीका लागि लक्षित गरी कोलेस्ट्रोल, सुगर र प्रेसरको औषधि उत्पादनका योजना बनाएकोले सरकारबाट आवश्यक बजेट विनियोजन भए कम्पनीको योजनामा रहेका सबै ९८ वटा प्रकारका औषधि उत्पादन गर्न समेत सकिने विभागले जनाएको छ । हाल कम्पनीले ओरल रिहाइड्रेसन साल्ट (ओआरएस) ट्याबलेट र हेमोडालाईसस फ्लइड (पार्ट–१ र २) अन्तर्गत १४ प्रकारका औषधि उत्पादन गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *