काठमाडौं । नेपाली गायक सुशान्त केसीको चर्चित गीत ‘बार्दली’ हिन्दी भाषामा रिलिज भएको छ ।
भारतको सबैभन्दा ठुलो संगीत कम्पनी टि सिरिजले सोमबार आग्फ्नो युट्युब च्यानलबाट गीत रिलिज गरेको हो । गीतको भिडियोमा सुशान्त र स्वस्तिमा खड्का फिचर्ड छन् । भिडियोको सेटिङ एउटै भएपनि नेपालीमा फिचर्ड हुने अन्य कलाकारलाई भने हिन्दी भर्सनमा देखाइएको छैन ।
नेपाली गीतमा रहेको इन्द्रकला राईको भागलाई भने जस्ताको तस्तै राखिएको छ । गीतको नेपाली संस्करण युट्युबको ग्लोबल ट्रेन्डिङमा समेत स्ट्रिमिङ भएको थियो ।