शिक्षक आन्दोलनमा पुगेका नेपाल र खनालविरुद्ध शिक्षकहरुको नाराबाजी,अपमानजनक शैलीमा फर्किन बाध्य

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । जारी शिक्षक आन्दोलनमा पुगेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालविरुद्ध नाराबाजी भएको छ ।

शिक्षकहरूले उनीहरूविरुद्ध नाराबाजी गरेपछि दुवै जना अपमानजनक शैलीमा फर्किन बाध्य भएका हुन् । आन्दोलनमा समर्थन गर्दै भाषण गर्ने योजनासहित उनीहरू त्यहाँ पुगेका थिए । तर, आन्दोलनरत शिक्षकहरूले राजनीति गर्न पाइँदैन भन्दै नाराबाजी गर्न थालेपछि उनीहरू भाषण नगरी फर्किएका हुन् ।

‘कोही नेता यहाँ आउनुपर्दैन, सक्ने भए संसदमा बोल’ भन्दै शिक्षकहरूले नाराबाजी गरेका थिए । त्यसपछि प्रहरीले स्कर्टिङ गरेर गाडीसम्म पु¥याएको थियो । यतिसम्म कि नेपाल र खनाल आएका बेला ‘पञ्चायती ऐन खारेज गर, शिक्षा ऐन जारी गर जस्ता नाराबाजी गरेका थिए ।
शिक्षकहरुले आजको प्रदर्शनमा आइतबार

शिक्षक महासंघले आजको प्रदर्शनमा आइतबार भएको प्रहरी दमनको विरोध गर्दै नाराबाजी गरिरहेका छन् । साथै माग पुरा नभएसम्म आन्दोलन जारी रहने बाएका छन् । संघले घर फर्किएका शिक्षकहरुलाई पनि आन्दोलनमा आउन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *