कर्णालीमा ९६ प्रतिशत रोपाईं, चार जिल्लामा रोपाईं ९९ प्रतिशतको हाराहारीमा

विविध समाचार

काठमाडौं । कर्णाली प्रदेशमा ९६ प्रतिशत रोपाईं पूरा भएको छ ।

कृषि विकास निर्देशनालय कर्णाली प्रदेशका अनुसार प्रदेशको ४१ हजार ४२ हेक्टर धानखेती योग्य जमिनमध्ये ३९ हजार पाँच हजार नौ सय चार दशमलव नौ प्रतिशत हेक्टरमा रोपाईं सकिएको हो ।

कृषि विकास निर्देशनालय निर्देशनालयका अनुसार प्रदेशका १० जिल्लामध्ये जुम्ला, हुम्ला र डोल्पाले शतप्रतिशत रोपाईं भएको छ । जुम्लामा दुई हजार आठ सय ९० हेक्टर, हुम्लामा पाँच सय ८५ हेक्टर र डोल्पाको एक सय ९८ हेक्टरमा रोपाईं सकिएको छ । चार जिल्लामा रोपाईं ९९ प्रतिशतको हाराहारीमा पुगेको छ । जाजरकोटमा सबैभन्दा बढी ९९ दशमलव दुई प्रतिशत रोपाईं हुँदा सल्यान, मुगु र रुकुम पश्चिममा समान ९९ प्रतिशत रोपाईं सम्पन्न भएको छ ।

जाजरकोटमा दुई हजार ६ सय ४५ हेक्टरमध्ये दुई हजार ६ सय २३ हेक्टर र सल्यानमा ६ हजार एक सय ३४ हेक्टरमध्ये ६ हजार ७२ हेक्टरमा रोपाईं सकिएको हो । कालिकोटमा दुई हजार ४ सय ६२ हेक्टरमध्ये ९८ प्रतिशत अर्थात् दुई हजार चार सय १२ हेक्टरमा रोपाईं सकिएको छ ।

प्रदेशमा सबैभन्दा बढी धानखेती हुने सुर्खेतमा भने ९५ प्रतिशत रोपाईं भएको छ । सुर्खेतमा कुल १४ हजार नौ सय २१ हेक्टर क्षेत्रफलमध्ये १४ हजार एक सय ७४ दशमलव ९५ हेक्टरमा रोपाईं सकिएको छ । दैलेखमा कुल सात हजार ६ सय २० हेक्टरमध्ये सात हजार ८६ दशमलव ६ हेक्टरमा रोपाईं भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *