प्रतिनिधिसभा बैठकमा राप्रपाका अध्यक्ष लिङ्देनलाई सांसद गौतमको यस्तो चुनौती

राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गत चैत्र १५ गते आपराधिक घटनालाई ढाकछोप गर्ने प्रयास गरेको बताएकी छन्

प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद गौतमले सदनमा उभिएर कांग्रेस सहमहामन्त्रीका छोरा भाटभटेनी लुटपाट घटनामा संलग्न रहेको कपोल्कल्पित भ्रामक तथ्यहीन अभिव्यक्ति दिएर घटनाको विषयलाई मोड्न खोजेको बताएकी हुन् । ग्रसित हुलले व्यक्तिगत सम्पत्ति, पार्टी कार्यालय, डिपार्टमेन्ट स्टोरमा गरेको आगजनी तोडफोड र लुटपाटको घटना ढाकछोप गर्ने प्रयासमा गलत अभिव्यक्ति दिएकोमा लिङ्देनलाई बोलेको अभिव्यक्ति प्रमाणित गर्न चुनौती समेत उनले दिइन् ।

यदि सत्य साबित नभएको खण्डमा संसदमा नै माफी माग्न पनि सुझाव दिएकी छन्। सांसद गौतमले २७ दिनदेखि आन्दोलनरत शिक्षकका जायज मागहरू सम्बोधन गरी विद्यालय फर्काउने वातावरण निर्माण गर्न पनि सरकारको ध्यानाकर्षण गराइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *