कुलमानको बचाउँ गर्दा राज्यमन्त्री तामाङको जागिर चैट

राजनीति समाचार

काठमाडौं । राजनीतिक दलहरुमा निर्माण व्यवसायीहरु हावी हुँदा विकास निर्माणको काममा असर पर्दै गएको छ । ठूला–ठूला राष्ट्रिय गौरवका आयोजनाको ठेक्का राजनीतिक दल निकट ठेकेदारहरुले हात पार्ने कारणले निर्माणका कामहरु अलपत्र पर्ने गरेका छन् । कतिपय राजनीतिक पहुँच भएका ठेकेदारहरुले अधिकांश ठेक्काका कामहरु ‘होल्ड’मा राख्ने गरेका छन् । त्यसको उदाहरण बनेका छन् तत्कालीन ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) । तामाङले कांग्रेसकै आडमा विगत लामो समयदेखि ठुल्ठूला राष्ट्रिय गौरवका आयोजनाहरुको ठेक्का लिने र सो ठेक्का निर्माण सम्पन्न नगरी कमिसन खाएर बिचैमा बेच्ने गर्दै आएका थिए । त्यसरी ठेक्का लिँदै बेच्दै गरेर अर्बौं रुपैयाँ कमाउन तामाङ सफल भएका थिए ।

तामाङले गृहजिल्ला रामेछापबाट चुनाव लड्नको लागि कांग्रेसबाट टिकट लिन बानेश्वरस्थित आफ्नो घर कांग्रेस नेता विमलेन्द्र निधिलाई उपहार दिएका थिए । तामाङले विमलेन्द्र निधिलाई घर उपहार दिएपछि नेता निधिले पार्टी सभापति शेरबहादुर देउवासँग हारगुहार गरेर उनलाई टिकट दिलाएका थिए । कांग्रेसले टिकट दिएपनि २०७४ सालको आमनिर्वाचनमा तामाङ पराजित भएका थिए ।

फेरि कांग्रेस नेता निधिकै जोडबलमा २०७९ सालको आमनिर्वाचनमा पनि रामेछापबाट टिकट पाएका थिए । पुनः टिकट पाएपछि २०७९ सालको आमनिर्वाचनमा साम, दाम, दण्डभेद प्रयोग गरेर विजयी हुन सफल भएका तामाङ । उक्त निर्वाचनमा गरेको खर्च असुलउपर गर्नको लागि फेरि कांग्रेस सभापति शेरबहादुर देउवालाई नजरना बुझाएर ऊर्जा राज्यमन्त्री बन्न सफल भएका थिए । उता, ऊर्जामन्त्री दीपक खड्ले नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई आफू मन्त्री भएको दिनदेखि हटाउन प्रयास गरिरहेका थिए । तर, ऊर्जा राज्यमन्त्री तामाङले कुलमानको बँचाउ गर्दै आएका थिए । किन कि ऊर्जा राज्यमन्त्री तामाङ र घिसिङबीच भित्रभित्रै ठेक्कापट्टामा ठूलो सेटिङ चलेको थियो । त्यो सेटिङ बचाउँनको लागि ऊर्जामन्त्री खड्काको विरोध राज्यमन्त्री तामाङले गर्दै आएका थिए ।

कुलमानलाई विद्युत प्राधिकरणबाट हटाएपछि पनि कुलमानकै पक्षमा तामाङले वकालत गर्दै आएका थिए । कुलमानको बचाउ गरेकै कारण ऊर्जामन्त्री खड्का र राज्यमन्त्री तामाङबीच टसल पर्दै गएको थियो । मन्त्रीद्वयको टसलले गर्दा प्राधिकरणभित्रको काम लथालिङ्ग हुने देखेपछि कांगे्रस सभापति देउवा र प्रधानमन्त्री केपी ओलीको सहमतिमै राज्यमन्त्री तामाङलाई पदबाट हटाइएको थियो ।

पदबाट हटाएपछि कांग्रेस सभापति देउवा र प्रधानमन्त्री ओलीविरुद्ध तामाङ खनिन थालेका छन् । तत्कालीन ऊर्जा राज्यमन्त्री तामाङले सञ्चलन गरेको कान्छाराम कन्स्ट्रक्सनसहित १८ वटा निर्माण कम्पनी अहिले पनि कालोसूचीमा रहेका छन् । कम्पनी कालोसूचीमा रहे तापनि सार्वजनिक खरिद ऐनबिपरीत लुकीछिपी ठूला–ठूला आयोजनाको ठेक्का हात पार्दै आएका थिए । अहिले राज्यमन्त्रीबाट हात धुनुपरेपछि आफ्नो कालाकर्तुतको पोल खुल्ने डरले आफ्नै पार्टी सभापति देउवा र प्रधानमन्त्री ओलीविरुद्ध विभिन्न मिडियामा प्रचारवाजी गर्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *