राज्यको ढुकुटी दोहोन हुँदा सम्बन्धित निकाय गुमनाम

राजनीति समाचार

काठमाडौं । राजनीतिक दलहरुले सरकार चलाउनुपर्नेमा कर्मचारीले सरकार चलाउने भएपछि देशमा विकास नभई विकृति, विसंगति र भ्रष्टाचार व्यापक फैलिँदै गएको छ । कांग्रेस र एमाले दलनिकट कर्मचारीहरु सरकारकै बदनाम गरिरहेका छन् । उनीहरु मालदार ठाउँमा सरुवा हुनको लागि विभिन्न शक्तिकेन्द्रहरुलाई रिझाउने गर्दछन् । त्यस्ता कर्मचारीले कसैलाई ‘रेड लेबल’ कसैलाई खामबन्दी त कसैलाई उपहार टक्र्याएर रिझाउने गर्दछन् । त्यसरी इच्छाअनुसकारको नजराना टक्र्याएर शक्तिकेन्द्रलाई रिझाएपछि उनीहरु विभिन्न मालदार अड्डामा पुग्ने गर्दछन् ।

मालदार अड्डामा पुगेपछि सर्वसाधारणको पहुँचभन्दा बाहिर गएर पैसा असुल्ने धन्दा चलाउन थाल्द छन् । यस्तो धन्दाले गर्दा एयरपोर्ट अध्यागमन कार्यालय, वैदेशिक रोजगार विभाग, मालपोत कार्यालय, राजश्व कार्यालय र कर कार्यालयका अधिकांश कर्मचारीहरु रातारात अर्बपति बन्ने गरेका छन् । यस्ता मालदार अड्डामा कार्यरत कर्मचारीहरुको सम्पत्ति राज्यले छानविन गर्न सकेको छैन ।

कर्मचारीहरुको सम्पत्ति विवरण अहिलेसम्म राज्यले मागे तापनि सो विवरण कर्मचारीले दिने गरेका छैनन् । कर्मचारीहरुले सेटिङ गरेर भ्रष्टाचार गर्ने त्यसको दोष सम्बन्धित मन्त्रीलाई जाने गरेको छ । त्यस्ता विषयमा राजनीतिक दलबाट मन्त्री बन्नेहरुले ध्यान दिएका छैनन् । मन्त्रीहरु पनि त्यस्तै विचौलिया र कर्मचारीलाई प्रयोग गरेर आम्दानीको स्रोत बनाउने गरेका छन् । त्यसले गर्दा जुनसुकै पार्टीको सरकार बने तापनि मन्त्रीहरुले जस पाउने गरेका छैनन् । दलनिकट कर्मचारी संगठनका नेताहरुले मन्त्री र आफूनिकट पार्टीका नेतालाई प्रयोग गरेर राज्यको ढुकुटी दोहन गरिरहेका हुन्छन् । त्यसरी राज्यको ढुकुटी दोहन हुँदा पनि सम्बन्धित निकाय गुमनाम बन्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *