अवैध आप्रवासन रोक्न अन्तर्राष्ट्रिय सम्मेलनमा ४० देशका प्रतिनिधि सहभागी हुने

विविध समाचार

काठमाडौं । बेलायतमा दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ ।

बीबीसीका अनुसार अवैध आप्रवासको खतरासँग जुझ्न सम्मेलनमा ४० भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी हुने भएका हुन्। सोमबारबाट सुरु हुने सम्मेलनमा बेलायतका प्रधानमन्त्री किएर स्टार्मरले मानव तस्करी गर्ने गिरोहहरू रोक्न र राष्ट्रहरूबीच आपसी सहयोग बढाउन विशेष जोड दिनुको साथै यसको उद्देश्य अवैध आप्रवासन समाधान गर्ने उपाय खोज्नु र अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ बनाउनु रहेको आयोजकले जनाएका छन् ।

आप्रवासनको मुद्दा बेलायती सरकारका लागि अत्यन्तै महत्वपूर्ण विषय बनेको छ। विपक्षी कन्जरभेटिभ पार्टी र रिफर्म यूकेले सत्तारूढ लेबर पार्टीलाई यो समस्यासँग उचित रूपमा सामना गर्न नसकेको आरोप लगाएका छन्। सम्मेलन सुरु हुनुअघि बेलायती सरकारले मानव तस्करी रोक्न र यस अपराधमा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही गर्न ३३ मिलियन पाउन्ड खर्च गर्ने घोषणा गरेको छ।

यस सम्मेलनमा भियतनाम, अल्बानिया र इराकका अधिकारीहरू सहभागी हुँदैछन्, जहाँबाट ठूलो संख्यामा आप्रवासीहरू बेलायत प्रवेश गर्छन्। त्यसैगरी, फ्रान्स, चीन र अमेरिकाका प्रतिनिधिहरू पनि सम्मेलनमा सहभागी हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *