काठमाडौं । कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट्समा भएको तोडफोड र लुटपाटबाट ८० लाखभन्दा बढीको क्षति भएको छ ।
राजावादी समूहले गरेको आन्दोलनमा उनीहरूका कार्यकर्ता प्रवेश गरेर भाटभटेनी तोडफोड गर्नुका साथै ६४ लाख ८८ हजार तीन सय ३७ रुपैयाँ बराबरको सामग्री लुटपाट गरेका छन् ।
त्यसैगरी भाटभटेनीका बाहिरी भागमा रहेका धेरैजसो सिसा फुटेका छन् । त्यसबापत ११ लाख ८५ हजार ८५५ रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । त्यसैगरी दुई लाख ६५ हजार रुपैयाँका शो–केश तथा अन्य सामग्रीमा क्षति पुगेको छ ।
काउन्टरमा रहेका ९४ हजार रुपैयाँ पनि लुटपाट गरिएको पाइएको छ । भाटभटेनीमा लुटपाट गर्ने समूहका ९ जना पक्राउ परिसकेका छन् ।

