काठमाडौं । नेपालगञ्जमा इस्लाम धर्मावलम्बीले आज बिहान सामूहिक रुपमा नमाज पढि ईद उल फित्र पर्व मनाएका छन् ।
विपी चोकस्थित इदगाहमा सामूहिक नमाज पढिएको हो । इदगाहभित्र ठाउँ नपुगेर बाहिर सडकमै बसेर पनि नमाज पढिएको थियो । सो अवसरमा एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिएको थियो ।
यो चाड इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनमा मनाइन्छ । रोजाको दौरान मुस्लिम धर्मावलम्बीहरूले सूर्योदयदेखि सूर्यास्तसम्म भोजन, पानी तथा अन्य भौतिक सुख–सुविधाबाट टाढा रहन्छन् ।
ईदमा मिठाई, खजुर, सेवईं तथा विभिन्न परिकार तयार गरिन्छन् । परिवारजन, आफन्त तथा छिमेकीबीच भोज तथा भेटघाटको विशेष महत्व यस पर्वमा रहेको हुन्छ ।





