भट्टराई अब अर्को पार्टी खोल्ने की सन्यास लिने ?

समाचार

काठमाडौं । जनता समाजवादीको बाबुराम भट्टराई पक्षले हिजो र आज काठमाडांैमा दुई दिने केन्द्रिय परिषदले भेला गरी राखेको छ । उता आजबाट अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले पनि केन्द्रिय कार्य समितिको बैठक आजबाट सुरु गर्दैछ । केन्द्रिय परिषदका अध्यक्ष बाबुराम भट्टराई र केन्द्रिय कार्य समिति अध्यक्ष उपेन्द्र यादवले एउटै समयमा केन्द्रिय बैठक बोलाएर आफ्नो शक्ति प्रदर्शन गरेका छन् भने यो घटनाले नै जनता समाजवादीलाई औपचारिक रुपले विभाजित गरेको छ । समाचार सुत्रका अनुसार अध्यक्ष यादव र अर्का अध्यक्ष भट्टराईका बीचमा सहमतिमा नै शिष्टतापूर्वक आ–आफ्नो बाटो लाग्ने निर्णय भएको बताइन्छ ।
कार्यकारी अध्यक्ष रहेका उपेन्द्र यादवसँग केन्द्रिय कार्य समिति र संसदीय दलमा साठी प्रतिशत भन्दा बढी सदस्य संख्या रहेकाले यो पार्टी भने यादवकै मातहतमा रहने देखिएको छ । यसैगरी कार्यकारीणी परिषदका अध्यक्ष बाबुराम भट्टराईले केन्द्रिय कार्य समिति र संसदीय दलमा पार्टी विभाजनको लागि आवश्यक पर्ने चालिस प्रतिशत संख्या नपुग्ने भएकाले भट्टराईले नयाँ पार्टी खोलेर आफ्नो राजनीतिलाई अगाडि बढाउनु पर्ने अवस्था देखिएको छ । तर बाबुराम भट्टराईका शुभचिन्तकहरुले भने उनलाई नयाँ पार्टी खोल्ने भन्दा अहिले अब सक्रिय राजनीतिबाट विश्राम लिने सुझाव दिएका छन् । यो सुझाव उनका शुभचिन्तकले उनको व्यवहारलाई हरेर दिएका हुन् । किनभने बाबुराम भट्टराईको चरित्रबाट कुनै पनि राजनीतिक दल अगाडि बढ्न सक्दैन भन्ने निष्कर्ष उनीहरुले लगाएको देखिन्छ । २०७२ सालमा संविधान जारी भए लगत्तै अधुरो संविधान भन्दै मधेशी दलहरुसँग स्वर मिलाउन उनी जनकपुर पुगेका थिए । जबकी यो संविधान निर्माण हुँदा संविधानसभाको राजनीतिक समितिको सभापति नै बाबुराम भट्टराई थिए । यसरी आफ्नै अग्रसरतामा निर्माण भएको संविधानका विरुद्धमा संविधान विरोधी शक्तिसँग हातेमालो गर्न पुगेका भट्टराईले माओवादीसँगको सम्बन्ध विच्छेद गरेर वैकल्पिक राजनीतिक शक्ति तयार गर्ने भएर आफ्नो नेतृत्वमा नयाँ शक्ति पार्टी गठन गरेका थिए । तर २०७४ सालमा सम्पन्न भएको आम निर्वाचनमा आफू विजयी हुनका लागि समेत भट्टराईले नेपाली कांग्रेसको साथ लिनु परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *