हतियार खरिदमा भ्रष्टाचार ?

समाचार

काठमाडौं । सरकारले चुनावको मिति तोकि नसकिएको भएपनि अबको छ महिना भित्र केन्द्र र प्रदेशको चुनाव एकैसाथ सम्पन्न हुनेछ । संघ र प्रदेश चुनावलाई लिएर दलहरुले एकातिर विभिन्न रणनीति बनाउन सुरु गरी सकेका छन् भने अर्को तिर चुनावी खर्च जुटाउनका लागि विभिन्न खेलको तानाबाना बनाउन पनि सुरु भएको छ । चुनावी खर्च जुटाउने नाममा यसरी तानाबाना बुन्नेमा प्रधानमन्त्री तथा नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवा र कागे्रंस नेता तथा गृहमन्त्री बालकृष्ण खाड देखिएका छन् । प्रम देउवा र गृहमन्त्री खाडको यो योजना सफल भयो भने कमिशन बापत भनेर उनीहरुको ढुकुटीमा करोडौ रुपैयाँ आउने छ भने विगतमा जस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकृतहरु जेलको हावा खान पुग्ने छन् ।
राष्ट्रको ढुकुटीमा विदेशी मुद्राको सन्चिती निराशाजनक अवस्थामा पुग्यो भनेर कतिपय बस्तुको आयतमा सरकारले कडाई गरेको छ भने कतिपय बस्तुको आयतमा प्रतिबन्ध समेत लगाएको छ । तर प्रहरीले माग नै नगरेको तथा आवश्यकता नै नभएको ८४ करोड रुपैयाको बन्दुक नेपाल र सशस्त्र प्रहरीलाई भिडाएर कमिशन बजाउने र नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकृतहरुलाई जेल पठाउने तानाबाना हतियारका छोटे बिचौलियाहरुसँग मिलेर प्रम शेरबहादुर देउवा र गृहमन्त्री खाँणले बन्न थालेका छन । विगतमा पनि उच्च राजनीतिककर्मीको यस्तै जालमा परेर नेपाल प्रहरीका आधा दर्जन पूर्व महानिरीक्षले जेलको हावा खाएका थिए । फेरि पनि नेताले प्रहरीलाई जेल पठाउने षड्यन्त्र गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *