एसीसी यू-१६ इस्ट जोन प्रतियोगिताको तेस्रो खेलमा इन्डोनेसियामाथि नेपालको तीन सय ७० रनको शानदार जित

खेलकुद समाचार

काठमाडौं । एसीसी यू-१६ इस्ट जोन प्रतियोगिताको तेस्रो खेलमा नेपालले इन्डोनेसियालाई तीन सय ७० रनले पराजित गरेको छ ।

क्वालालम्पुरस्थित सेलांगर टर्फ क्लबमा भएको खेलमा नेपालले दिएको ४२१ रनको विशाल लक्ष्य पछाएको इन्डोनेसिया २४.३ ओभरमा केवल ५० रन बनाएर अल आउट भएको हो । इन्डोनेसियाको ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा नेपाली कप्तान विपिन प्रसाद शर्माले ६ विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाउँदै चार सय २० रन बनाएको थियो । नेपालका लागि ओपनर प्रसिद्ध जैसीले शतकीय पारी खेल्दै सर्बाधिक १३२ रन बनाएका थिए । त्यस्तै अर्का ओपनर परिमार्जन यादव २८ बलमा ७१ रन बनाएका थिए । त्यसैगरी रौनक श्रीवास्तवले ८८ रन बनाएर आउट भए भने जोय थापाले ५७ रन बनाएका थिए । त्यस्तै सुगम बुढाथोकीले अविजित ३९ रन बनाएका थिए ।

त्यस्तै इन्डोनेसियाका बलर केटुट दर्मा पुट्राले २ विकेट लिए भने केभिन नीरज चड्डा, महेन्द्र अजी युदा प्रतामा र रेहान रिजाले एक एक विकेट लिएका थिए ।यो जितपछि समुह ‘ए’ मा नेपालको ३ खेलमा ६ अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ । यो नेपालको यस प्रतियोगितामा लगातार तेस्रो जित हो ।

समूह ए मा रहेको नेपालले हालसम्म खेलेका तीनै खेल जितेर ६ अंक जोड्दै अंकतालिकामा शीर्षस्थानमा छ । अब नेपालले समुह चरणको अन्तिम खेल जुलाई १ मा भुटानविरुद्ध खेल्ने तालिका रहेको छ । समूह ए मा नेपालभन्दा १ खेल बढी खेलेको सिंगापुरले ४ खेलबाट ३ जितसहित ६ अंक जोडेको छ । जापान र इन्डोनेसियाको २(२ अंक छ भने भुटान अंकविहीन छ ।

नेपालले यसपछि भुटानसँग खेल्न बाँकी छ । समूहका शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *