सिआओझानस्थित धान उत्पादन क्षेत्रमा प्रधानमन्त्री ओलीको विशेष अवलोकन

राजनीति समाचार

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेका छन् ।

चीनको थियानजिनमा रहेका प्रधानमन्त्री ओलीले आज जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेका हुन् । सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली भदौ १४ गतेदेखि चीन भ्रमणमा छन् । उनले १४ गते नै चिनियाँ राष्ट्रपति सी जिनफिङसँग भेटवार्ता गरेका थिए ।

राष्ट्रपति सीको निमन्त्रणामा ओली बुधबारसम्म चीन भ्रमणमा गएका हुन् । चीन भ्रमणबारे शुक्रबार प्रतिनिधि सभालाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले आफ्नो भ्रमण मुलुकको समग्र हितका लागि केन्द्रित रहने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *