डेपुटी गभर्नर नियुक्तिका लागि दौडधुप गर्दै डा. रामशरण खरेल

राजनीति समाचार

नेपाल राष्ट्र बैंकमा दुई डेपुटी गभर्नर नियुक्ति प्रक्रिया निकै रोमाञ्चक मोडमा पुगेको छ । झापालीद्धय डा. निलम ढुंगाना र बमबहादुर मिश्रको पाँच वर्षे कार्यकाल पूरा भएसँगै हाल राष्ट्र बैंकमा १८ जना कार्यकारी निर्देशकहरू कार्यरत छन्, जसमा नरेश शाक्य, रेवती प्रसाद नेपाल, रामु पौडेल, बिश्रुत पौडेल, दयाराम शर्मा, गुरु प्रसाद पौडेल, किरण पण्डित, डा. सत्येन्द्र तिम्सिना, चेत प्रसाद उप्रेती, रोसन कुमार सिग्देल, डा रामशरण खरेल, डा दिल्लीराम पोखरेल, दिर्घ बहादुर रावल, निश्चल अधिकारी, दिपकराज लामिछाने, राजन विक्रम थापा, राजेन्द्र भट्टराई लगायतका नामहरू प्रमुख दाबेदारका रूपमा हेरिएका छन् । यिनैमध्येका केहीले आफू रास्वपा समर्थक रहेको भन्दै गभर्नर नियुक्तिका लागि लाइन मिलाउन थालेको समाचार स्रोतहरुको दावी छ ।

यीमध्ये सबैभन्दा बढी चर्चामा रहेका पात्र हुन रामशरण खरेल । खरेल यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाका छोरीज्वाईं हुन् । केही अगाडि विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री रामेश्वर खनाल, अर्थसचिव र एकजना सहसचिवसँगै बैंकबाट गभर्नर पौडेल, उनै खरेल र एकजना निर्देशक अमेरिकाको राजधानी वाशिंगटन गएका थिए । उताबाट फर्केपछि खरेलले आगामी फागुन २४ गते रिक्त हुने दुई जना डेपुटीमध्ये मन्त्री र गभर्नरबाट एउटामा आफूलाई वचन प्राप्त भइसकेको ‘गफ’ दिदै आएका थिए भने गभर्नरले समेत उनलाई नचलाउनुले राष्ट्रिय ज्वाईलाई गभर्नरकै संरक्षण रहेको टिका टिप्पणी केन्द्रीय बैंकमा हुँदै आएको थियो ।

केपी शर्मा ओली सत्तामा हुँदा युवराज खतिवडाको ज्वाई रामशरण खरेल २०५४ सालमा अन्तर्वार्ता मात्रै दिएर केन्द्रीय बैंकको अधिकृत तृतीयमा प्रवेश गरेका थिए । खरेल त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्दा एमए अर्थशास्त्रको गोल्ड मेडलिस्ट हुन् । उनले राष्ट्र बैंकमा जागिर खान सुरु गर्दा अर्थशास्त्रको गोल्ड मेडलिस्टलाई लिखित परीक्षा नलिई अन्तरवार्ताको भरमा जागिर दिने गरिन्थ्यो । सोही व्यवस्था अनुसार खरेल लिखित परीक्षा नै नदिइ राष्ट्र बैंकका जागिरे भएका थिए ।

त्यसपछि कहिल्यै आन्तरिक परीक्षा उतीर्ण गर्न नपरेका उनी झण्डै १५ वर्ष तत्कालीन गभर्नर, अर्थमन्त्री, अमेरिकाका लागि राजदूत तथा प्रधानमन्त्रीका सल्लाहकारको हैसियतमा रहेका युवराज खतिवडाको आडमा खुरुखुरु फाइल बढुवा भएका भाग्यमानी ज्वाईं हुन् । उनी ससुराको तथास्तुबाट सँधै केन्द्रीय बैंक, अर्थ मन्त्रालय र आइएमएफमा अवसर पाएका कर्मचारीका रुपमा चिनिन्छन् । गत सोमबार सोल्टी होटलमा आयोजित डेपुटी गभर्नरहरु निलम ढुंगाना र बमबहादुर मिश्रको बिदाई पार्टीमा गभर्नर डा. पौडेलले ‘रास्वपालाई जानकारी गराएर नयाँ डेपुटी गभर्नर नियुक्त गर्ने संकेत अर्थमन्त्रीले दिएको’ स्रोतहरुको दाबी छ । पूर्व अर्थ सचिव तथा हालका अर्थमन्त्री रामेश्वर खनालको रामशरणप्रति विशेष लगाव रहेको केन्द्रीय बैंकका अधिकारीहरु बताउँछन् । उता केन्द्रीय बैंकबाट दुई जना डेपुटीहरु हिँडेसँगै त्यहाँका डेढ दर्जन कार्यकारी निर्देशकहरु शक्तिकेन्द्र दौडधूप शुरु भएको छ । यो लिगलिगे दौडमा समेत उनै ‘राष्ट्रिय ज्वाई’अग्रपक्तिंमा छन् ।

केही काँग्रेस, एमाले, माओवादी निकट भनिए पनि हालसम्म कोही रास्वपा निकट भनेर खुलेका थिएनन् । युवराज खतिवडाको ज्वाई निर्देशक डा. रामशरण खरेलले भने झापा–५ ससुराली रहेको र आफूले एमाले अध्यक्ष ओलीलाई पराजित गरी बालेनलाई विजयी गराउन सक्रिय भूमिका खलेको खबर बालेनसमक्ष पु¥याउन प्रयास गरिरहेका छन् । यसको लागि खरेलले बालेनको ससुराली पक्षलाई समेत प्रयोग गर्ने प्रयास गरिरहेको वालेन निकट स्रोतको दावी छ । अझैं रोचक त, रास्वपाको सरकार गठनपछि अर्थ मन्त्रालयको जिम्मेवारी डा. स्वर्णिम वाग्लेले सम्हाल्ने लगभग पक्का भएको छ । यस अघि नै रवि लामिछानेले स्वर्णिम वाग्लेलाई आगामी आर्थिक बर्षको बजेट लेख्न शुरु गर्नुहोस भनेका थिए । उनी अर्थमन्त्री बन्नासाथ राष्ट्र बैंकका वर्तमान गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले राजीनामा दिने चर्चा चल्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *