दिनानाथ मिश्र, नापतौल तथा गुणस्तर विभाग
आयातमा तोकिएको मापदण्डभन्दा बढी देखियो भने त्यसको गुणस्तरमा गडबडी गरेको छ भन्ने देखिन्छ । ट्याक्सीमा मुख्य समस्या भनेको मिटरमा नजाने हो, आयात–निर्यातका वस्तुको पनि मापदण्ड तयार गर्नुपर्ने हुन्छ । पछिल्लो पटक मेडिकल फेस मास्क, मास्कमा गुणस्तर प्रदान गरेर इजाजत प्रदान गरेका छौं । त्यस्तै स्यानिटर प्याड व्यापक रूपमा प्रयोग गएको छ । यसै सन्दर्भमा आम उपभोक्ताको स्वास्थ्य र सुरक्षासँग जोडिएको उपभोग्य वस्तुहरूको गुणस्तर कायम गर्न विभागले के कस्ता गतिविधिहरू सञ्चालन गर्दै आएको छ ? गुणस्तरीय वस्तुहरू उपभोग गर्न पाउने आम नागरिकको अधिकार सुनिश्चितताका लागि विभाग कसरी अघि बढ्दै छ लगायत विषयमा केन्द्रित रही विभागको महानिर्देशक दिनानाथ मिश्रसँग तामाकोशी सन्देश साप्ताहिकको प्रतिनिधिले गरेको कुराकानीको अंशः
० गुणस्तर तथा नापतौल विभागको महानिर्देशकको जिम्मेवारी सम्हाल्नु भएको पनि एक वर्ष पुरा भएको छ । महानिर्देशक भएपछि तपाईंहरूले के–कस्ता काम प्राथमिकतामा राख्नुभएको छ ?
गुणस्तर तथा नापतौल विभागको मुख्य काम भनेकै राष्ट्रिय गुणस्तर कायम गर्ने हो। दोस्रो काम भनेको राष्ट्रिय नापतौलमा स्टान्डर्ड कायम गर्ने र कानुनी नापतौलको कार्यान्वयन गर्ने हो । तेस्रो काम भनेको नेपाल गुणस्तर चिह्न प्रमाणपत्र अनुसारका वस्तु प्रमाणित गर्ने, प्रयोगशाला परीक्षण गर्ने र समरूपता मूल्यांकन गर्ने काम हामीले प्राथमकिताका साथ गरिरहेका छौं । हामीले प्रमुख रुपमा गुणस्तर कायम गर्न गरी नै काम विभागबाट गरिरहेका छौं भने कार्यलयबाट नापतौल सम्बन्धी काम गरिरहेका छौं ।
बजारको मागअनुसार अघि बढ्न भने हामीलाई कार्य बोझ बढेको छ । तर, पनि हामीले विगतमा हुन नसकेको धेरै काम गरेका छौं । विभागले गर्नु पर्ने कामको पहाड नै थियो। तर कामको चाप हुँदा पनि सबैभन्दा पहिले हामीले आम उपभोक्ताले बढी सरोकार राख्ने वस्तुहरुको गुणस्तर तर्जुमा गर्ने, त्यस्ता वस्तुको गुणस्तर नियमन कानुनी प्रावधान अनुरूप गर्ने हो। त्यसपछि विश्वसनीय वस्तु बजारमा पठाउने काममा नै हामी लागिरहेको छौं । हामीले पछिल्लो आर्थिक वर्षमा मात्रै ५० वटा जति नयाँ नेपाल गुणस्तर तर्जुमा गरेका छौं । यी गुणस्तरहरु चाँहि विशेषगरी आम नागरिक तथा आम उपभोक्ताहरुले प्रयोग गर्ने समानमा नै बढी लक्षित थिए । विद्युतीय उपकरण, मह, कफी, प्लाइउड, सिपिभिसी पाइप, युपीभिसी पाइप, सिमेन्ट डन्डीलाई प्राथमिकतामा राखेर गुणस्तरका काम गरेका थियौं । यसलाई अझै प्रभावकारी रुपमा अगाडि बढाएका छौं ।
० हाम्रो देशको बजारमा पाइने वस्तुहरुको गुणस्तर तथा नापतौलको अवस्था कस्तो रहेको छ ?
विगतमा जति पनि व्यापार गुणस्तर इजाजत प्रदान गरिएका वस्तुहरू छन्, ती वस्तुहरूको नियमित रूपमा बजारमा अनुगमन गरेर नमुना परीक्षण गर्ने कार्य गरिरहेका छौं । पछिल्लो पटक दसैंअगाडि व्यापक रूपमा निर्माण सामग्रीहरूको नमुना संकलन गरेका छौं । यसको नतिजाहरू आउने क्रममा छन् । अहिलेसम्मको अवस्था हेर्दाखेरि उद्योग व्यवसायीहरू जति पनि गुणस्तरीय वस्तुहरूको उपभोग गर्ने एउटा संस्कृतिको विकास भइरहेको छ, उद्योगी व्यवसायीले गुणस्तरीय वस्तुहरूको माध्यमबाट बजार प्रवद्र्धन गर्ने काम गरिरहेका छन् । समग्रमा भन्दाखेरि गुणस्तर चिह्न प्राप्त वस्तुहरू विश्वसनीय रहेको पाएका छौं ।
अहिलेसम्म ६७ प्रकारका वस्तुमा नेपाल गुणस्तर चिह्न प्रदान गरिएको छ । मुख्य गरेर निर्माणजन्य सामग्रीहरू पाइप, ट्याङ्की, सिट, जीआई पाइप, जीआई वायर, पीपीपी आइप, प्लाइउड, रेगुलेटरलगायतका अन्य वस्तुहरूमा गुणस्तर चिह्न प्रदान गरिएको छ । नयमित रूपमा प्रत्येक वर्ष नयाँ–नयाँ वस्तुको गुणस्तर निर्धारण गर्ने काम भएपछि त्यसमा इजाजतपत्र प्रदान गर्दै आएका छौं । पछिल्लो पटक मेडिकल फेस मास्क, मास्कमा गुणस्तर प्रदान गरेर इजाजत प्रदान गरेका छौं ।
त्यस्तै स्यानिटर प्याड व्यापक रूपमा प्रयोग गएको छ । यसमा पनि गुणस्तर प्रदान गरेका छौं । पिबिङ ब्लक, फोहोरमा ओछ्याउने ब्लकहरूमा गुणस्तर निर्धारण भइसकेपछि विभिन्न उद्योगहरूले इजाजपत्र लिइसकेका छन् । त्यस्तैगरी सडकमा प्रयोग हुने निर्माणजन्य सामग्रीहरूमा पनि गुणस्तर निर्धाण गरेका छौं । सौन्दर्य सामग्रीका वस्तुहरूमा पनि गुणस्तर निर्धाण गरेका छौं । औषधि व्यवस्था विभागभित्र यसको नियमनकारी भूमिका राखिएको कारणले गर्दा विभागले यी वस्तुहरूमा गुणस्तर निर्धारण मात्र गर्न सक्छौं । यसलाई विभागले नियमन गर्न सक्दैन ।
० एनएस चिह्न भनेको के हो र यो केको आधारमा दिइन्छ ? एनएस चिह्न प्राप्त गर्नको लागि के कस्ता मापदण्डहरु हुन्छन् ?
कुनै सेवाग्राहीले वा कुनै उत्पादक, उद्यमीले आफ्नो वस्तुमा एनएस चिह्न राख्न चाहेमा आफ्नो स्वइच्छाले राख्न सक्छन् । केही वस्तुमा मात्र एनएस अनिवार्य हुन्छ । अहिले हामीसँग ११ वटा वस्तु छन् जसमा हामीले एनएस अनिवार्य गरेका छौँ । जस्तै एलपीजी प्लान्ट, डन्डी, सिमेन्ट आदि । एनएस चिह्न प्रदान गर्नु अघि हरेक वस्तुको राष्ट्रिय गुणस्तर निर्धारण गरिएको हुन्छ जसलाई हामी नेपाल गुणस्तर भन्छौँ । कुनै सेवाग्राहीले वा कुनै उत्पादक, उद्यमीले आफ्नो वस्तुमा एनएस चिह्न राख्न चाहेमा आफ्नो स्वइच्छाले राख्न सक्छन् । केही वस्तुमा मात्र एनएस अनिवार्य हुन्छ । अहिले हामीसँग ११ वटा वस्तु छन् जसमा हामीले एनएस अनिवार्य गरेका छौँ ।जस्तै एलपीजी प्लान्ट, डन्डी, सिमेन्ट आदि । एनएस दिने प्रक्रियाको विषयमा कुरा गर्दा ; सर्वप्रथम कच्चापद्धार्थको व्यवस्थापन, दोस्रो उसको उत्पादन प्रक्रिया र अर्को उत्पादित वस्तुको उद्देश्य । यी ३ कुरालाई मध्यनजर गरेर हामी उत्पादक, उद्यमीलाई एनएस वितरण गर्छौं ।
० मापदण्ड उलघंन गर्नेलाई पनि कारवाही खासै हुँदैन भन्छन नी आखिर किन कारवाही गर्नु हुदैन तपाइहरुले ?
नापतौल तर्फ त तोकिएको कानूनी कारवाही छ । आवश्यकता अनुसार कारवाही भैरहेको पनि छ । नीतगत व्यवस्था अनुसार कारवाही भैरहेको छ । अन्य विभिन्न क्षेत्रमापनि अनुगमन हुने हुनाले सवै क्षेत्रमा कारवाहीको एउटै प्रकृति नहुन सक्दछ । कानुनले नै दण्ड सजाएको ब्यवस्था गरेको छ । प्रभावकारी कारवाही चाहीँ हुन सकेको छैन ।
० गुणस्तरीय सामग्री बजारमा ल्याउनका लागि सरकारले कस्ता नीति ल्याउनु पर्ला ?
कुनै पनि उत्पादित तथा आयातित वस्तु, प्रक्रिया, पदार्थहरु गुणस्तरयुक्त छ भनेर प्रमाणित गर्ने र त्यसमा गुणस्तर चिह्न प्रदान गर्ने कार्य नेपाल गुणस्तर तथा नापतौल विभागले गर्ने गर्दछ यो नितान्त जनहितका लागि गरिने कार्य हो । उपभोक्ताहरु ठगीमा नपरून् र कुनै पनि दुर्घटनामा नपरून् तथा स्वस्थ्य सुरक्षाका दृष्टिले पनि सुरक्षित होस् भन्ने उद्देश्यले यस विभागबाट गुणस्तर प्रमाणित गरेपश्चात गुणस्तर चिह्न प्रदान गर्ने गरिन्छ । बजारमा प्राप्त कतिपय सामग्रीहरुको गुणस्तरका सम्बन्धमा कतिपयलाई थाहा भए पनि धेरैलाई थाहा नहुन सक्छ तसर्थ गुणस्तरका सम्बन्धमा सम्पूर्ण जनताहरुलाई सुसूचित गराउन आवश्यक रहेको छ । उत्पादित वा आयातित सम्पूर्ण वस्तु तथा पदार्थहरुमा गुणस्तर चिह्न प्रदान गर्नु पनि आवश्यक रहेकाले यस सम्बन्धमा सरकारले ध्यान पु¥यान सके राम्रो हुने थियो ।
० निर्माण सामाग्रीहरू जस्तोः डन्डी, सिमेन्टलगायत महत्वपूर्ण सामानहरू नै गुणस्तरहीन तथा मापदण्ड नपु-याईकन बजारमा विक्रिवितरण गर्ने गरेको पनि पाइन्छ । यहाँहरूले नै समात्दै आउनु भएको छ । पटक–पटक किन गल्ती दोहोरिई रहेको हुन्छ ? दण्ड, जरिवाना न्यून भएर या के कारणले यस्ता गल्तीहरू दोहोरिई रहन्छन् ?
यसलाई दुई वटा हिसाबले हेर्नुपर्ने हुन्छ । पहिलो कुरा विगतमा सिमेन्ट, डन्डीहरूमा अनिवार्य गुणस्तर रहेता पनि इजाजत पनि नलिने र गुणस्तर पनि आफू खुसी मूल्यमा प्रतिस्पर्धा गर्ने प्रचलन हाबी थियो । हाम्रो निरन्तरको प्रयाससँगै आम सरोकारवालाहरूको सक्रियता र सहयोगले अहिले सबै उद्योगहरूले अनिवार्यरुपमा एनएस इजाजत लिएर मात्र उत्पादन तथा विक्रिवितरण गरिरहेका छन् । आम उपभोक्तामा आएको सचेतना, आम सञ्चारको निरन्तरको खबरदारीले विगतका धेरै कमीकमजोरीहरू सुधार हुँदै गएका छन् । गुणस्तरमा सम्झौता गरियो भने बजारबाट हामी विस्थापन हुन्छौ भन्ने कुरा उद्योगीहरूले पनि बुझ्नु भएको छ ।
विगतमा जति जोखिम थियो, त्यो अब त्यो छैन । सबैभन्दा धेरै र ठुलो परिणाममा खपत हुने सिमेन्ट, डन्डी लगायतका सामग्रीहरू सबै एनएस अङ्कित छन् र निर्धक्क भएर प्रयोग गर्न सक्ने अवस्था हामीले सिर्जना गरेका छौँ ।यति हुँदाहुँदै पनि खराब नियत भएका केही व्यापारीहरूले बदमासी गरेको सङ्केत मात्रै पाए पनि हामी कारबाही गर्दै आएका छौँ र निरन्तर निगरानीमा राखिरहेका छौँ । जसले गर्दा उपभोक्ता पनि सुरक्षित र लगानीकर्ताको लगानी पनि डुब्ने अवस्था छैन । हामीले गुणस्तर कायम गर्नुपर्ने चिजवस्तुहरु धेरै छन् । नेपाललाई अन्तर्राष्ट्रिय बजारमा दाँज्ने हो भने सयौँ वस्तुहरूमा गुणस्तर कायम गर्नुपर्ने छन् । तर हामीले अहिले जम्मा १५ वटा बस्तुहरूमा मात्र गरिरहेका छौँ । आम उपभोक्ताको स्वास्थ्य र सुरक्षाको लागि हामीले काम गर्नु पर्ने धेरै छ । निरन्तर रूपमा बिस्तार गर्दै जाने क्रममा छौँ ।
० वस्तुको गुणस्तर कायम गर्न र नापतौलमा हुने ठगी रोक्नका लागि विभागले के के गर्दैछ ?
बजारमा नापतौल, गुणस्तरमा विगतमा भन्दा सुधार आएको छ । सहरी विकास विस्तार हुँदै आइसकेपछि दैनिक जनजीवनमा धेरै वस्तुहरू प्रयोग गर्नुपर्ने हुन्छ । गुणस्तरमा, नापतौलमा हुन सक्ने ठगी नियन्त्रण गर्नका लागि नियमित रूपमा अनुगमनसँगै तोकिएको मापदण्ड पूरा नगर्ने उद्योगी–व्यवसायीलाई कारबाही पनि गर्दै आएको छौं ।
यस्ता वस्तुहरूबाट आम उपभोक्ताप्रति स्वास्थ्य, सुरक्षा, वातावरणप्रति चासो हुने गर्छ । यी विषयवस्तुलाई सम्बोधन गर्नका लागि बजारमा विभागको भूमिका महत्वपूर्ण रहेको छ । तर, विभागमा कम जनशक्ति भएकाले नियमन गर्न धेरै नै समस्या परेको छ । किनभने बजारमा हजारौं वस्तुको नियमन, गुणस्तर कायम र प्रक्रियामा मापदण्ड निर्धारण गर्नुपर्ने हुन्छ । निजी क्षेत्रलाई सेवा प्रदान गर्ने र बजारमा निरीक्षण गर्नुपर्ने हुन्छ । सीमित जनशक्तिका बाबजुद पनि हामीले नयाँ–नयाँ मापदण्ड तयार गर्नुपर्ने हुन्छ । कतिपय विद्युतीय सामान त्यत्तिकै छन् ।
कन्स्टक्सनको क्षेत्रका धेरै विषय छन्, साथै सेवा क्षेत्रमा पनि धेरै विषयहरू हेर्नुपर्ने छन् । सार्वजनिक सेवा, स्वास्थ्य सेवामा मापदण्ड तयार गर्न बाँकी छ । नियमन जुन निकायबाट भए पनि पहिला तिनको मापदण्ड तयार गर्नुपर्ने हुन्छ । यी कामहरू अत्यावश्यक भइरहेको छ ।
साथै कतिपय फुड प्याकेजिङ वस्तुहरू तथा ड्राई फुडमा मापदण्ड तोक्नु जरुरी छ । आयात–निर्यातको वस्तुको पनि मापदण्ड तयार पारेर गर्नुपर्ने हुन्छ । हस्तकलाका सामानहरूमा समयअनुकूल मापदण्ड तयार परिमार्जन गर्ने र त्यसअनुसार बजारमा नियमन र सेवा उपलब्ध गराउने विषय चुनौती रहेको छ । अहिले २० देखि २५ प्रतिशत मात्र सेवा उपलब्ध गराइरहेका छौं । सबै क्षेत्रमा सेवा उपलब्ध गराउन जनशक्ति अभावले सकिरहेका छैनौं ।
० गुणस्तर विभागका काम उपभोक्ताका भान्सादेखि आवाससम्म नै प्रत्यक्ष रुपमा जोडिएका हुन्छन् । महानिर्देशकका रूपमा तपाईंले उपभोक्तालाई दिने सुझाव के हुन्छ ?
हामीले प्रयोग गर्ने सामान सुक्ष्म रुपमा हेर्नुपर्छ । सामानबारे राम्रो अध्ययन गरेर प्रयोग गर्न म उपभोक्ताहरुलाई अनुरोध गर्दछु । सामानमा प्रयोग भएका तत्वहरु, गुणस्तर चिन्ह लिएको छ वा छैन भन्ने कुरा हेर्नुपर्छ । आफूले प्रयोग गरेको सामान गुणस्तरहीन लागेमा हामीलाई खबर गर्ने हो भने हामी स्थानीय प्रशासनलगायतको सहयोगमा त्यस्ता वस्तु उत्पादकलाई तत्काल कारबाही सुरु गरी गुणस्तरहीन वस्तु जफत गर्न सक्छौं । उपभोक्ताले दिएको सूचनाका आधारमा हामीले कारबाही गर्दै आएका छौं । सूचना दिने बित्तिकै कारबाही नहोला तर ढिलो भएपनि उन्मुक्ति भने विभागले दिँदैन । उपभोक्ताले दिने जानकारीका आधारमा हामीले पनि धेरै थाहा पाउन सक्छौं । हाम्रो अध्ययनको दायरा बढ्छ । अन्त्यमा उपभोक्ताले गुणस्तरीय सामानको खोजी र प्रयोगलाई जोड दिए भने गुणस्तरहीन सामान स्वतः विस्थापित हुँदै जान्छन् । यो उपभोक्ताको स्वास्थ्यसँग पनि प्रत्यक्ष जोडिएको विषय हो ।