भदौ २९ गतेदेखि सुकिला नोट साट्न पाइने

अर्थ/वाणिज्य समाचार

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँमा नयाँ नोटको सट्टा सुकिला नोट मात्र वितरण गर्ने भएको छ ।

सुकिला नोट साट्नका लागि भदौ २९ देखि असोज १० गतेसम्मको समय राष्ट्र बैंकले तोकेको हो। नेपाल राष्ट्र बैंकले सूचना प्रकाशित गर्दै सर्वसाधारणलगायत विभिन्न संघ संस्थाका लागि उक्त मितिमा बैंकिङ कारोबार गर्दा सुकिला नोट सटही गर्ने व्यवस्था गरेको जनाएको छ ।

राष्ट्र बैंकका अनुसार, प्रदेशस्थित कार्यालय विराटनर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी र इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाबाट सुकिला नोट सटही गर्न सकिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *