टालटुल पार्दैमा माधव हैरान !

राजनीति समाचार

काठमाडौं । भत्किएको घरको जता फर्कियो त्यही दैलो भनेजस्तै भएको छ नेकपा एकीकृत समाजवादीमा । बोल्न नजान्दा कतिपय कुरा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नै बिगारेका छन् । महाधिवेशनको म्यान्डेट पार्टी समाजवाद उन्मुख बाटो जाने, जनताको बहुदलीय जनवाद सन्दर्भहीन भएको दस्तावेज पारित गरियो । तर दस्तावेज छपाई तयारी गर्दा जनताको बहुदलीय जनवाद नै मूल सिद्धान्त ठान्ने गरि गरियो । त्यसमा अध्यक्ष नेपालकै हस्तक्षेप भयो ।

जहाँ गयो त्यही डढेलो लगाउने तर धरातल गुमाउँदै गएका बामदेव गौतमलाई पार्टीमा ल्याउँदा अध्यक्ष नेपाल जबजका होनहार रक्षक थिए । जबजको सान्दर्भिकता छैन भनेर कागज गर्दैनथे भने माधव सर्वसम्मत अध्यक्ष हुने थिएनन् ।

अझ झलनाथ र घनश्यामको टोलीले झुकाएकै हो । आज झलनाथलाई पार्टी छोडेर जा भनेको छ, सचिव रामकुमारी झाँक्रीले मुखको स्वाद फेर्दा स्पष्टीकरण सोधेको छ । पतञ्जली योगपीठको जग्गा हदबन्दी भन्दा बढीमा प्लटिङ गर्न स्वीकृत दिएको काण्ड अख्तियार हुँदै विशेष अदालत पुगेको छ । तर नबिराउनु नडराउनु भन्ने तर सरकारले पूर्वाग्रह प्रदर्शन ग¥यो पनि भनेको छ । पैसा उनलाई पुगेन होला । त्यो बेलाका उनका एक सल्लाहकारले घर जोडे, गाडी चढे अहिले एमालेमा छन् भन्ने कति ज्ञान छ ?

माधवकै कारण विष्णु रिमाल आज प्रधानमन्त्री केपी ओलीको राजनीतिक सल्लाहकार भएका छन् । उनले अस्गर अलि जस्ता प्राविधिकको सल्लाहले कति सिके थाहा छैन । तर दुधको साक्षी बिरालो बन्न त माधवले सक्लान्, पार्टी मजबुत बनाउन कठिन छ । माओवादी थिएन भने १० सिट नआउने त्यो पार्टीका अध्यक्ष आफै सांसद पदमा निलम्बन हुँदा कार्यवाहक किन दिएनन् ? बामदेवले संगठन समन्वयको भूमिका पाएका छन् । संगठन त गौतमले बनाउने ठाउँ छैन, जहाँ गयो त्यहाँ प्वाल पार्ने नेताको हविगत यस्तै हुन्छ । अध्यक्षका हिसाबले माधवले प्वाल टाल्ने मात्रै हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *