आगामी निर्वाचन दलहरुलाई स्वतन्त्र घाँडो

राजनीति समाचार

रामचन्द्र बस्नेत
आगामी मंसिर ४ गते हुनलागेको संघ र प्रदेश चुनावमा राजनीतिक दलभित्र वितिष्णा छाएको छ । कांग्रेस पार्टीभित्र एकापसमा मनमुटाव भइरहेको छ । र भित्री रुपमा संघ र प्रदेशमा स्वतन्त्र उम्मेदवारी दिनेहरुको भीड पनि त्यत्तिकै लाग्न थालेको छ । किन कि कांग्रेसमा संस्थापन पक्ष र संस्थापन इतरपक्षबीचको द्वन्द्वले गर्दा आगामी संघ र प्रदेशमा स्वतन्त्र उम्मेदवारी दिनेहरुको भित्री चलखेल हुन थालेको छ ।

यसले के देखाउँ छ भने टिकट लेनदेनमा व्यापक किन बेच हुने र आफ्ना आसेपासेभन्दा अन्य कार्यकर्तालाई टिकट नदिएबापत स्वतन्त्र उम्मेदवारी दिएर कांग्रेस हराउ अभियानमा कार्यकर्ता नै लाग्ने देखिन्छ । यस्तै नेकपा एमालेभित्र पनि भित्री रुपमा संघ र प्रदेशको लिएर कार्यकर्ताबीच एकापसमा लडाँइ सुरु हुने अवस्था देखिएको छ । भन्न त पार्टी अध्यक्ष केपी शर्मा ओलीले भन्ने गरेका छन्, सार्वजनिक स्थलमा गठबन्धनभन्दा नेकपा एमाले आगामी चुनावमा ठूलो पार्टी बन्छ भनेर भाषाण गर्दै हुनुहुन्छ ।

तर, कतिपय नेता र कार्यकर्ताले आगामी चुनावलाई लिएर टिकट बाँडफाडमा प्रदेश र संघमा विवाद हुने देखिन्छ । किन कि कतिपय पुराना नेता र सांसद, मन्त्री भइसकेका नेताहरु फेरि पनि संघ र प्रदेशको निर्वाचनको लागि टिकट माग्न पार्टी अध्यक्ष केपी ओलीलाई खुसी पार्न घरमै जाने आउनेको भीड लाग्ने गरेको छ ।  त्यसरी हेर्दा एमालेभित्र धेरै कार्यकर्ता र नेताहरु निरास हुने अवस्था देखिन्छ । टिकट बाँडफाडमा कुरा मिलेन भने र पुराना नेतालाई दोहो¥याई, तेह¥याई टिकट दिने हो भने विगत लामो समयदेखि पार्टी योगदान गर्दै आएका र पार्टी संगठनलाई चलायमान गराउँदै आएका त्यागी नेता, कार्यकर्ताहरुमा विचलन आउने देखिन्छ ।

त्यसकारणले पनि एमालले नेता केपी ओलीले टिकट बाँडफाडमा कस्तो भूमिका निर्वाह गर्दछन् त्यसमा भर पर्ने देखिन्छ । यस्तै नेकपा माओवादी केन्द्रभित्र कति नेताले टिकट पाउने भन्ने जानकारी अहिलेसम्म एकिन छैन । भने उता अहिले जनार्दन शर्मा र कृष्णबहादुर महराबीचको द्वन्द्वले गर्दा प्रचण्डलाई अप्ठ्यारो पर्ने देखिन्छ । किन कि अहिले सार्वजनिक स्थलमै जनार्दन शर्माले प्रचण्डलाई खेदो खन्न थालेका छन् । यस्तै वर्षमान पुन, कृष्णबहादुर महरा, अग्नि सापकोटा, शक्ति बस्नेत, नारायणकाजी श्रेष्ठ, लिलामणि पोखरेल जस्ता नेताहरुले कुन स्थानमा चुनाव लड्छन् या समानुपातिक सांसद् बन्छन् । यी र यस्तै विषयलाई लिएर माओवादीभित्र पनि एकापसमा विद्रोह नहोला भन्न सकिँदैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *