टेरामक्स प्रकरणमा पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध मुद्धा दायर, तीन अर्बभन्दा बढी भ्रष्टाचार भएको दाबी

राजनीति विविध

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणको उपकरण टेरामक्स प्रविधि खरिद प्रकरणमा पूर्व सञ्चारमन्त्री मोहन बहादुर बस्नेतसहित १६ जना र २ कम्पनीविरुद्ध विशेष अदालतमा मुद्धा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार उनीहरूविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो । दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिदका क्रममा तीन अर्ब २१ करोड ८३ लाख, ७७ हजार १८२ भ्रष्टाचार भएको दाबीसहित अख्तियारले मुद्धा दायर गरेको छ ।

मुद्धा दायर गरिएकामा पूर्वमन्त्री बस्नेतसहित प्राधिकरणका पूर्व अध्यक्ष दिगम्बर झा, पुरुषोत्तम खनाल, प्राधिकरणका तत्कालिन सदस्यहरु धनराज ज्ञवाली र टिका प्रसाद उप्रेती, प्राधिकरणका निर्देशक विनय कुमार राय, उपनिर्देशक रेवती राम पन्थ, सुरेश बस्नेत, हिरण्य प्रसाद बस्ताकोटी, अच्युतानन्द मिश्र रहेका छन् ।
त्यस्तै निर्देशक सुरेन्द्रलाल हाडा, दिपेश आचार्य र उपनिर्देशक सन्दीप अधिकारीविरुद्ध समेत मुद्धा दायर गरिएको छ ।

त्यसैगरी अख्तियारले परामर्शदाता भानराइज सोलुसन र सो कम्पनिका प्रमुख कार्यकारी निर्देशक जमाल आनोउति, भानराइज सोलुसन ट्रेड लिंकका स्थानीय प्रतिनिधि कनेक्सन ट्रेड लिंकका अध्यक्ष दिलिप कुमार गुरुङ र निर्देशक तेज प्रसाद खरेलविरुद्ध पनि मुद्धा दायर गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *