कांग्रेस सांसद मोहनबहादुर बस्नेतको पद स्वतः निलम्बित

राजनीति विविध

काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा टेरामक्स प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । यो मुद्दा दायरसँगै उनीसांसद पदबाट स्वतः निलिम्बित भएका हुन् ।

भ्रष्टचार निवारण ऐन, २०५९ को दफा ३३ को व्यवस्था अनुसार सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भएमा स्वतः निलम्बन पर्ने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *