काठमाडौं । नेपाल र बहराइनबीचको खेल वर्षाले अवरुद्ध भएको छ ।
थाइल्याण्डमा जारी आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपाल र बहराइनबीचको खेल पहिलो इनिंगको १२ दशमलव चार ओभरपछि रोकिएको हो ।यस खेलमा बहराइनले टस जितेर पहिला ब्याटिंग गरिरहेको थियो । बहराइनले बर्षाले खेल रोकिनुअघि १२दशमलव चार ओभरमा तीन विकेट गुमाउँदै ७६ रन बनाएको थियो ।
नेपालले जारी प्रतियोगिताको पहिलो खेल हङकङ चाइनाविरुद्ध बर्षाले रद्ध भएपछि अंक बाँडेको थियो भने दोस्रो खेलमा बहराइनलाई पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा हङकङ चाइनासँग पराजित भएको थियो । त्यस्तै बहराइनले खेलेका दुई खेलमा एक हार र एक खेलमा अंक बाँडेको छ ।
नेपालले सुपर थ्रीमा आफ्नो स्थान पक्का गर्न यो खेल जित्नै पर्ने अवस्था छ भने अर्को खेलमा बहराइनले हङकङ चाइनालाई पराजित गर्नुपर्ने देखिएको छ ।
कुल नौ वटा देशले भाग लिने यस एशिया छनौटमा नेपाल समुह ‘सी’ मा रहेको छ । नेपालको समुहमा बहराइन र हङकङ रहेका छन् । एशिया छनौटको समुह ‘ए’ मा भुटान कुवेत र थाइल्याण्ड रहेका छन् भने समुह ‘बी’ मा मलेसिया, कतार युएई रहेका छन् ।
समुहमा हरेक टिमले एक अर्काविरुद्ध २–२ खेल खेलेपछि समुह बिजेता तीन देशले फाइनल राउण्ड खेल्ने छन् । फाइनल राउण्डमा एक अर्काविरुद्ध खेलेपछि शिर्ष दुई देश विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट हुनेछन् ।