काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी दुई वटा विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरिएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ प्रस्तुत गरेका हुन् ।
नेपालको हवाई क्षेत्र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को कालोसूचीबाट भने सात वर्ष अगाडि नै हटिसकेको भए पनि युरोपेली युनियन (ईयू)बाट भने हटेको छैन ।
नेपालको मुख्य सरोकार ईयूको कालोसूचीबाट नेपाली उड्डयन नहट्नु,हवाई दुर्घटनामा कमी नआउनु, उड्डयन प्राधिकरण सेवाप्रदायक र नियामक छुट्याउन नसक्नुले पनि पटक–पटक प्राधिकरण नेतृत्व र कर्मचरीप्रति प्रश्न उठ्ने गरेको छ ।
नेपालको हवाई क्षेत्रमा देखिएको समस्या समाधानका गर्न र अन्तर्राष्ट्रिय निकायले राख्दै आएको कालोसूची हटाउने लगायत विषय यी विधेयक महत्त्वपूर्ण हुने विश्वास राखिँदै आएको छ ।