भूमिसम्बन्धी समस्याका कारण वन संरक्षण र जल स्रोत व्यवस्थापनमा कठिनाई छ

अन्तरवार्ता राजनीति

वन तथा वातावरण मन्त्रालय अन्तर्गत पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजनाका राष्ट्रिय आयोजना प्रमुख हुन् टोप बहादुर खत्री । आयोजनाको विषय, आयोजनाले गरेका काम, जलवायु परिवर्तन र यसको प्रभाव आदि विषयमा प्रमुख खत्रीसँग तामाकोशी सन्देश साप्ताहिकको प्रतिनिधिले गरेको कुराकानीको अंशः

० पारिस्थितिक प्रणालीमा आधारित अनुकुलन के हो ?
जलवायु परिवर्तनको असर कम गर्न प्राकृतिक पारिस्थितिक प्रणालीको उपयोग गर्ने अनुकुलन रणनीति हो । यसमा वन संरक्षण, जलाधार व्यवस्थापन, तथा जैव विविधताको प्रवर्धन गरी जलवायु परिवर्तनको असर कम गर्ने प्रयास गरिन्छ। जलवायु परिवर्तनले ल्याएका असरहरूलाई काम गर्न र यसका प्रभावहरूको सामना गर्न परिवर्तित वातावरण र जलवायु अनुसार आफ्नो जीवनयापनमा फेरबदल ल्याउने कामलाई जलवायु अनुकूलन भनिन्छ । यसमा प्राकृतिक स्रोत (जस्तैः वन, वनस्पति, चरण क्षेत्र, सिमसार क्षेत्र) को संरक्षण, व्यवस्थापन र हैसियत बिग्रेको स्थानको पुनस्र्थापनाबाट लाभ पु¥याई समुदाय तथा व्यक्तिलाई जलवायु परिवर्तनका प्रभावको सामना गर्ने र जलवायु परिवर्तनले पारेको प्रभाव काम गर्न क्षमता सुदुढ गर्न सकिन्छ र यसलाई पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन (इकोसिष्टम–बेस्ड एडेप्टेशन छोटकरीमा इबिए) भनिन्छ । इबिए जलवायु परिवर्तन अनुकूलनको लागि प्रकृतिमा आधारित समाधान’ को विधि पनि हो ।

० हाल तपाईंको परियोजनाले कुन प्रमुख पारिस्थितिक प्रणाली सुधार गर्ने प्रयास गरिरहेको छ ?
हाम्रो परियोजनाले मुख्य रूपमा जलाधार संरक्षण, मृदा कटान नियन्त्रण, र जैव विविधताको प्रवर्धनमा ध्यान दिइरहेको छ। स्थानीय समुदायलाई सचेतना कार्यक्रम, सामुदायिक वन व्यवस्थापन, र जल स्रोत संरक्षण गतिविधिहरूमा संलग्न गराइन्छ। साथै, उनीहरूको परम्परागत ज्ञानलाई समेटेर योजना बनाइन्छ ।

० कुन जैविक तथा भौतिक तत्वहरू कार्यान्वयनमा मुख्य चुनौतीका रूपमा देखा परेका छन् ?
प्रमुख चुनौतीहरूमा वन विनाश, बढ्दो शहरीकरण, अव्यवस्थित जल स्रोतको दोहन, र जलवायु परिवर्तनका कारण हुने चरम मौसमीय घटनाहरू पर्छन् ।

० परियोजनाका केही उदाहरण दिन सक्नुहुन्छ ?
नेपालको मधेश क्षेत्रमा सामुदायिक वन व्यवस्थापन मार्फत भूक्षय नियन्त्रण। कर्णाली प्रदेशमा बाढी नियन्त्रणका लागि प्राकृतिक नदी पुनस्र्थापना परियोजना । चितवनमा मौलिक वनस्पति रोपेर जैव विविधता प्रवर्धन ।

० जलवायु परिवर्तन र यसको प्रभाव के के हुन् ?
लामो समयको अन्तरालपछि मौसमको अवस्थामा आउने परिवर्तनै जलवायु परिवर्तन हो, जसमा पृथ्विको तापक्रम वृद्धि प्रमुख रहेको छ । पृथ्विको तापक्रम क्रमिक रूपले बढेको कारण पानीको प्राकृतिक चक्रमा सबैभन्दा बढि प्रभाव परेको देखिएको छ । धारा, कुवा, इनार जस्ता पानिका स्रोतहरू सुक्दै जाने क्रम बढेको छ र पिउने पानीको अभाव सिर्जना भएका छन् । माटो सुक्खा भई कृषि उत्पादनमा कमी आइरहेको छ । आगलागी तथा बाढी पहिरो जस्ता विपद्धन्य घटनाहरूबाट जैविक विविधता र वनक्षेत्रमा हानी नोक्सानी बढी रहेको छ । कहिले लामो समयसम्म खडेरी पर्ने त कहिले मुसलधारे वर्षा हुने क्रम बढेको छ । यसको प्रभाब सबै वर्ग र समुहमा पर्ने भएता पनि प्रभावको मात्र महिला, गरिव तथा विपन्न वर्गमा बढी पर्दछ । जलवायु परिवतर्नको असरको सामना गर्न विभिन्न प्रकारका अनुकूलन विधिहरू अवलम्बन गरिन्छ, जसमा पारिस्थितिकीय प्रणलीमा आधारित अनुकूलन विधि एक हो ।

० जलवायु परिवर्तनका कारण के के हुन् र यसका असरहरू के के हुन् ?
विभिन्न ६ प्रकारका ग्यासहरुलाई एकमुष्ठ ढंगले भन्दा हरित गृह ग्यास भनिन्छ । यसमा कार्बनडाइअक्साइड, मिथेन, नाइट्रस अक्साइड, ओजोन वायुमण्डलमा यी हरितगृह ग्याँसको घनत्वमा मानव सिर्जित क्रियाकलापहरूले गर्दा वृद्धि हुँदै जाँदा पृथ्वीबाट परावर्तित ताप वायुमण्डलवाट बाहिर जानबाट रोकिन्छ, किनकि ती ग्याँसहरूले सूर्यबाट पृथ्वीमा आउने तापका तरङ्गहरूलाई भित्र आउन दिन्छन् तर बाहिर निस्कन भने दिँदैनन् । खनिज ऊर्जामा आधारित बढ्दो औद्योगीकरण, यातायात र यातायतका साधनहरूको अत्यधिक उत्पादन र प्रयोग, हरेक क्षेत्रमा इन्धनको अत्यधिक प्रयोग, कृषि क्षेत्रको आधुनिकीकरण (धान बाली, सिंचाइ, विषादि तथा रासायनिक मलको प्रयोग, भू–उपयोग प्रणालीमा परिवर्तन, विलासी वस्तुहरू (फ्रिज, एयर कन्डिसनर आदि। को बढ्दो उपयोगका कारण मानव सिर्जित हरितगृह ग्याँसको उत्सर्जनमा तीव्रता आइरहेको छ। यी उत्सर्जित ग्याँसहरू वायुमण्डलमा थपिंदै जानु र पृथ्वीबाट परावर्तित तापको ठूलो भाग वायुमण्डलमा रोकिएर रहने क्रममा वृद्धि हुनाले विगत केही दशकदेखि विश्वव्यापी वायुमण्डलीय तापक्रममा वृद्धि भएको छ ।

० जलवायु परिवर्तनका कारण कुन क्षेत्रमा कस्ता प्रभाव पर्दछन् ?
श्रृङ्खलाबद्ध किसिमले जलवायु परिवर्तनले हाम्रो जनजीवनमा विभिन्न किसिमले प्रभाव पार्दछन् । जलवायु परिवर्तनले नेपालमा जलस्रोत, कृषि, जैविक विविधता तथा मानवीय स्वास्थ्यमा निम्नानुसार प्रभाव पार्ने देखिन्छ । जलवायु परिवर्तनबाट नेपालको सबैभन्दा बढी प्रभावित हुने क्षेत्र जलस्रोत हो । तापक्रम वृद्धिले तीव्र गतिमा हिउँ पग्लिने र जोखिमपूर्ण अवस्थामा रहेका हिमताल फुट्नसक्ने सम्भावना एकदमै बढी भएकोले बाढीको जोखिम बढिरहेको छ।

बढी परिमाणमा पानी पर्ने दिनहरूको सङ्ख्यामा वृद्धि हुनाले बाढी आउने, पहिरो जाने तथा माटो बिग्रिने र खेतीयोग्य जमिन पुरिने जस्ता प्राकृक्तिक प्रकोपमा वृद्धि हुँदै गइरहेको छ । यसका अतिरिक्त खोलामा पानीको बहाव र भूमिगत जलस्रोत दुवैमा कमी आउने देखिन्छ । तापक्रमको वृद्धिले गर्दा सुरुमा हिउँ पग्लिएर नदीमा पानीको बहावमा वृद्धि आए पनि केही वर्षपछि पानीको स्रोतका रूपमा रहेको हिउँको परिमाण कम हुन गई नदीको जल प्रवाहमा कमी आउनेछ ।

त्यसैले जलविद्युत् र सिंचाइ क्षेत्रमा प्रतिकूल प्रभाव पर्नेछ । ३ डिग्री सेल्सियस तापक्रम बढ्दा हिउँ पग्लिएर छोटो अवधिका लागि पानीको मात्रामा प्रतिशतले वृद्धि हुने र दीर्घकालीन रूपमा (विशेष गरेर हिउँदमा) पानीको अभाव हुँदै जाने अध्ययनले देखाएको छ । एक अध्ययनले देखाए अनुसार वार्षिक ०.०६ डिग्री सेल्सियसका दरले हुने तापक्रम वृद्धिले सन् २०३० सम्म जलविद्युतको विकास ५७ प्रतिशतले बढ्ने तर त्यसपछि यस शताब्दीको अन्त्यसम्ममा २८ प्रतिशतले घट्ने देखिन्छ ।

जलवायु परिवर्तनले प्रभाव पार्ने अर्को महत्वपूर्ण क्षेत्र कृषि हो । तापक्रम वृद्धिले पहाडी भागमा धान खेतीका लागि केही अनुकूल वातावरण देखिए तापनि माथि उल्लेख गरिए अनुसार सिंचाइमा पनि प्रतिकूल असरका कारण उत्पादकत्वमा वृद्धि हुने छैन । साथै, बाढीले कटान तथा डुबानका कारण उत्पादनमा नकारात्मक प्रभाव पर्नसक्ने प्रवल सम्भावना हुन्छ । मकै खेतीमा भने खासै असर नपर्ने र तराईमा विशेष गरी हिउँदमा कुहिरो र बादलले आकाश ढाकिने बढ्दो क्रमका कारण हिउँदे फसल आलु, तोरी, गेडागुडी र प्याजको उत्पादनमा नकारात्मक असर पर्ने अनुमान गरिएको छ ।

जलवायु परिवर्तनले जैविक विविधतामा व्यापक रुपले प्रतिकूल प्रभाव पार्ने देखिन्छ । बढ्दो तापक्रम, हिम क्षेत्रको संकुचन र पानीका स्रोतहरूको कमीका कारण जैविक विविधताका लागि आवश्यक पर्ने प्राकृतिक वातावरण सङ्कटको अवस्थामा पुग्ने आशडा गरिएको छ । नेपालमा १५ प्रकारका हावापानी विद्यमान रहेकामा वायुमण्डलमा हालको काबनडाइअक्साइडको मात्रा दोब्बर हुँदा ३ प्रकारका हावापानी लोप भई सोही अनुपातमा वानस्पतिक प्रजातिहरूको हालको वासस्थान बदलिने वा लोप हुनुका साथै विभिन्न प्रजातिहरूसमेत लोप हुने अनुमान गरिएको छ । अनुकूल वातावरणको खोजीका लागि केही प्रजातिहरूले उचाइ वा अन्य अक्षांश रेखातिर सर्न कोसिस गर्ने हुनाले नेपालमा जैविक विविधताको स्वरूप छिटो बदलिनसक्ने सम्भावना देखिन्छ । यसबाट सजिलै स्थानान्तरण हुन नसक्ने प्रजातिहरू (जस्तैः माटोभित्र बस्ने जीवहरू, नउड्ने प्रजातिका किरा र ठूला फल लाग्ने वनस्पतिहरू) बढी जोखिममा पर्ने देखिन्छन् ।

जलवायु परिवर्तनबाट सिमसार क्षेत्र पनि निकै प्रभावित हुने देखिन्छ । तापक्रम वृद्धि, बाढी–पहिरो, भूक्षय, पानीको स्रोतको कमी आदिका कारण सिमसारको फैलावट र गुणस्तरमा ह्रास आई सिमसारको जैविक विविधता अहिले नै सङ्कटमा परिसकेको छ । सिमसार आफैमा एक महत्वपूर्ण पानीको स्रोत भएकाले त्यहाँ पानीको मात्रा कम हुनाले सम्पूर्ण जलप्रवाह प्रणालीमै परिवर्तन हुनगई जलस्रोतको उपलब्धतामा नै जलवायु परिवर्तनले स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष दुवै किसिमले प्रभाव पार्छ । हालैका दिनमा नेपाल र आसपासको क्षेत्रमा दूषित पानीका कारण विभिन्न रोगहरू जस्तै औलो, टाइफाइड, जापानिज इन्सेफ्लाइटिस र कालाजारको प्रकोप बढ्न थालेको छ। यस्ता रोगहरूबाट ग्रसित रोगीहरूको सङ्ख्यामा हरेक वर्ष वृद्धि भइरहेको र औलोको प्रकोप उच्च क्षेत्रहरूमा पनि फैलन थालेको अनुसन्धानहरूले देखाएका छन् । साथै हैजाको प्रकोप पनि बढ्नसक्ने देखिन्छ ।

० परियोजनाका मुख्य समस्या र चुनौतीहरू के छन् ?
परियोजनाहरू प्रायः अनुदान वा बाह्य सहयोगमा निर्भर हुन्छन्, जसले दीर्घकालीन दिगोपनलाई कठिन बनाउँछ । निजी क्षेत्रको संलग्नता न्यून भएको कारण दीर्घकालीन वित्तीय स्रोत व्यवस्थापन चुनौतीपूर्ण छ । स्थानीय तथा राष्ट्रिय नीति बीच समन्वयको अभाव । जलवायु अनुकूलन रणनीतिहरूमा भ्दब् लाई प्राथमिकता दिने स्पष्ट नीति तथा कानुनी ढाँचा कमजोर। सरकारी निकायहरूबीच कार्यान्वयन समन्वयको कमी । स्थानीय समुदायका लागि अवधारणा अझै नयाँ भएकाले सचेतनाको कमी । समुदायले अल्पकालीन फाइदालाई प्राथमिकता दिने भएकाले दीर्घकालीन पारिस्थितिकीय सुधारका कार्यक्रमहरूमा न्यून संलग्नता ।

भूमिसम्बन्धी समस्याका कारण वन संरक्षण र जल स्रोत व्यवस्थापनमा कठिनाइ। जलवायु परिवर्तनका कारण हुने अनिश्चित तथा चरम मौसमी घटनाहरू (जस्तै, अनपेक्षित बाढी, सुख्खा, तापक्रम वृद्धिको दर)ले भ्दब् को प्रभावकारिता प्रभावित गर्छ । पारिस्थितिकी प्रणाली तथा जलवायु परिवर्तन सम्बन्धी अनुसन्धानको अभाव। स्थानीय अनुकूलनका लागि आवश्यक प्रविधि (जस्तै, जैव–इन्जिनियरिङ, जल संरक्षण प्रविधि)मा सीमित लगानी । कृषि विस्तार, सहरीकरण, र पूर्वाधार विकासले पारिस्थितिक प्रणालीमा नकारात्मक असर पारिरहेको छ । परियोजनाहरूको प्रभाव तत्काल देखिँदैन, जसले गर्दा यसको मूल्यांकन तथा दीर्घकालीन नतिजा मापन गर्न गाह्रो हुन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *