काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय नेपाली समाजमा खासगरि सोसल मिडियामा घृणा,आक्रोश र गालिगलौचको अपसंस्कृति भित्रिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
उनले यस्तो अपसंस्कृति कायम रहने हो भने जो नेता भएपनि र जस्तो शासन व्यवस्था आएपनि देश र समाजको अधपनलाई कसैले पनि रोक्न नसक्ने ठोकुवा गरेका छन् ।
उनले देशको विकास र समृद्धिका लागि नेतृत्व प्रतिको भरोसा र भविष्यप्रतिको आशावादी तथा काम गर्न सक्नेलाई समर्थन र प्रोत्साहनको वातावरण चाहिने उल्लेख गर्दै सबै उस्तै हुन् भन्ने भावनाले समाजलाई फगत निरासातर्फ मात्र धकेल्ने भएकोले समाजलाई नेतृत्व गर्न चाहने व्यक्ति, समुह र राजनीतिक दलहरु यस्ता कुरामा गम्भीर हुनु पर्ने समेत बताएका छन् ।