जर्मनीमा कन्जरभेटिभ पार्टी बन्यो ठुलो दल

राजनीति विविध समाचार

काठमाडौं । जर्मनीको आम निर्वाचनमा कन्जरभेटिभ पार्टी सबैभन्दा ठुलो दल बनेको छ ।

कन्जरभेटिभ पार्टी सीडीयूले सबैभन्दा धेरै २८ दशमलव६ प्रतिशत मत पाएको बिबिसीले उल्लेख गरेको छ ।

त्यस्तै चुनावी नतिजामा, अल्टरनेटिभ फर जर्मनी पार्टी (एएफडी) दोस्रो र सोसल डेमोक्रेटिक पार्टी ९एसपीडी० तेस्रो स्थानमा आएको छ ।

एएफडीले २० दशमलव८ प्रतिशत मत प्राप्त गरेको छ भने वर्तमान चान्सलर ओलाफ स्कोल्जको एसपीडीले १६ दशमलव ४ प्रतिशत मत प्राप्त गरेको छ । त्यस्तै ग्रीन पार्टीले ११ दशमलव६ प्रतिशत र लेफ्ट पार्टीले ८ दशमलव ८ प्रतिशत मत प्राप्त गरेका छन् ।

फ्रेडरिक माट्ज नेतृत्वको सिडीयू ठुलो दल बनेपछि अब उनीनै गठबन्धन सरकारको प्रमुख बन्ने मिडिया रिपोर्टमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *