काठमाडौं । जलेश्वरस्थित प्रादेशिक अस्पतालमा औषधि अभाव हुँदा उपचारमा समस्या भएको छ ।
सरकारले निःशुल्क उपलब्ध गराएका ९८ प्रकारका औषधि अभाव हुँदा उपचारमा समस्या भएको अस्पतालले जनकारी दिएको हो । मधेश प्रदेश सरकारको स्वास्थ्य निर्देशनालय, विभाग र केन्द्र सरकारसँग पनि औषधिको लागि निरन्तर अनुरोध भएको छ। आकस्मिक कक्षका लागि आवश्यक पर्ने औषधि अस्पतालले आफ्नै स्रोतबाट जेनतेन व्यवस्थापन गरिहेकोले इमर्जेन्सी सेवा पनि प्रभावित बन्ने परिस्थिति उत्पन्न भएको छ ।
दश नगरपालिका र पाँच गाउँपालिका भएको अस्पतालमा दुई महिनादेखि औषधि अभावहुँदा समस्या समाधानका निम्ति सम्बन्धित निकायको ध्यानाकर्षण गराएको अस्पतालले जनाएको छ। अस्पतालमा दैनिक तीन सय जना बिरामी आउने गरेका छन् ।