कतार र अमेरिकाबीच संयुक्त घोषणापत्रमा १२ खर्ब डलर बराबरको छुट्टाछुट्टै सम्झौतामा हस्ताक्षर

विविध समाचार

काठमाडौं । कतार र अमेरिकाबीच संयुक्त घोषणापत्रमा हस्ताक्षर भएको छ ।

कतार भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दोहामा अमिर शेखलाई भेट गर्दै संयुक्त घोषणा पत्रमा १२ खर्ब डलर बराबरको छुट्टाछुट्टै सम्झौताहरूमा हस्ताक्षर गरेका हुन् । ह्वाइट हाउसका अनुसार यसमा दुई देशबिच दुई सय ४३ अर्ब डलरको वित्तीय सम्झौता पनि समावेश रहेको छ ।

यस वित्तीय सम्झौतामा कतार एयरवेजद्वारा बोइङ विमान खरिद, हतियार खरिद, प्राकृतिक ग्यास र क्वान्टम प्रविधिसँग सम्बन्धित सम्झौताहरू समावेश छन् । कतार एयरवेजले दुई सय १० वटा अमेरिकामा निर्मित बोइङ सात सय ८७ ड्रिम लाइनर र सात सय ७७ एक्स विमान खरिद गर्न बोइङ र जीई एयरोस्पेससँग सम्झौता गरेको छ । यो सम्झौताको मूल्य ९६ अर्ब डलर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *