चितवनमा पुँजीगत खर्च ४४ प्रतिशत, चालु खर्चका लागि १३ अर्ब रुपैयाँ मात्र

अर्थ/वाणिज्य विविध

काठमाडौं । चितवनको समग्र विकासका लागि सङ्घीय सरकारले विनियोजन गरेको बजेटमध्ये चालु आर्थिक वर्षमा जम्मा ४४ दशमलव ८० प्रतिशत मात्र खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालयले साउनयता हालसम्म पुँजीगत खर्च तीन अर्ब ९६ करोड ७३ लाख ५६ हजार नौ सय २० रुपैयाँ भएको जनाएको हो ।जिल्लाको समग्र विकासका लागि आठ अर्ब ७८ करोड ४४ लाख ११ हजार ६९१ विनियोजन गरिएको थियो । जिल्लाका विकास निर्माण गर्ने आयोजनाले निर्माणको काम गरिरहेको भए पनि भुक्तानी मागको काम आर्थिक वर्ष (आव)को अन्त्यमा गर्ने भएकाले पुँजीगत खर्च कम भएको छ ।

कार्यालयले चालु आवमा चालु खर्च ८० दशमलव २१ प्रतिशत गरेको छ । चालु खर्चका लागि १३ अर्ब ६ करोड ७१ लाख २४ हजार ९८० रुपैयाँ विनियोजन गरिएकोमा १० अर्ब ५१ करोड ९५ लाख २० हजार ८१० रुपैयाँ खर्च भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *