काठमाडौं । जेनजी पुस्ताले गरेको आन्दोलनबाट प्रधानमन्त्री केपी ओलीले देश र जनताको लागि पदबाट राजीनामा दिएका थिए ।
प्रधानमन्त्री ओलीले पदबाट राजिनामा दिएता पनि राजनीतिक दलका शिर्ष नेताहरुको घरमा आगजनी गर्ने र तोडफोड गर्ने काम भएपछि सेनाले २४ गते बेलुका राति १० बजेपछि निषेधाज्ञा र कर्फू आदेश जारीगरेसँगै नेपाली सेनाले वार्ताको लागि आह्वान गरेको थियो । जेनजी पुस्ताको आन्दोलनका क्रममा ३४ जना निहत्था, निर्दोष युवा र विद्यार्थीहरुले ज्यान गुमाउन बाध्य भएका थिए ।
त्यो सँगै देशभरि आगजनी, तोडफोड भएको थियो । र नेपाली सेनाले वार्ताबाट समाधान गर्ने भनेता पनि सो वार्ता अहिलेसम्म सफल हुन सकेको छैन । जेनजी पुस्ताहरुले न त वार्ता गर्न सकेका छन् , न त उनीहरुको नेतृत्व नै छ न, त वास्तवीकता एजेण्डा नै छ । एजेण्डा बिना र नेतृत्व बीनाको वार्ताले निष्कर्ष निकाल्न सकेका छैनन् । यस्तो अपरिपक्व भिडको पछि लागेर राज्यलाई तहस नहस बनाइएको छ । उनीहरुले नेतृत्व बिना सडकमा आएर आगजनी, तोडफोड गरी अराजक फैलाउँदा देशले निकास पाउँदैन ।
त्यस कारणले पनि उनिहरुको कुनै नेतृत्व नभएको स्पष्ट हुन्छ । जेनजी पुस्ताहरुले कहिले सुशीला कार्की त, कहिले बालेन साह, हर्क साङ्पाङ त दुर्गा प्रसाईं हुँदै कुलमान घिसिङको नाम अगाडि सारेर नाटम मञ्चन गरिरहेका छन् । यी नाम मध्येका चर्चामा ल्याएका व्यक्तिहरु देश र जनताको हितमा काम गर्ने भन्दापनि विकृति र विसङ्गतिमा लिप्त भएका व्यक्तिहरु हुन् । त्यस्ता व्यक्तिलाई अगाडि सार्नुले देशको हित नहुने केही जेनजी पुस्ताहरुले आकलन गर्न थालेका छन् ।
अहिले अगाडि देखिएका केही जेनजी पुस्ताहरुले अगाडि सार्नको लागि तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीसँगै कुलमान घिसिङको नाम चर्चामा ल्याएका छन् । तर, तिनीहरुको नेतृत्वमा सरकार गठन गरेतापनि देशले निष्कर्ष पाउने छैन । किनकी कुलमान घिसिङ् तत्कालीन विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हुँदा जलश्रोतको ठेक्का आफ्नो आसेपासेलाई दिएर विद्युत् प्राधिकरणमा भ्रष्टाचार गरी हानि नोक्सानी पु¥याएको स्रोतले उल्लेख गरेको छ । भने उता तत्कालीन न्यायाधीश सुशीला कार्की न्याय क्षेत्रमा व्यापक विवादित पात्र हुन् । न्यायाधीश नियुक्ती गर्दा विवादमा मुछीएको समेत बताइन्छ । त्यसले गर्दा जेनजी पुस्ताहरुले अगाडि सारेका व्यक्तिहरु देशको नेतृत्व सम्हाल्न नसक्ने बताइन्छ ।

