काठमाडौं । बदलिदो परिवेशसँगै राउटे समुदायका पछिल्लो पुस्ताको जिवनस्तरमा परिवर्तन आएको छ । सुर्खेतको गैरसरकारी संस्था सामाजिक सेवा केन्द्र (सोसेक)ले एक साताअघि मात्रै सुर्खेतको बराहताल गाउँपालिका गिरीघाट सरेका राउटे समुदायका बालबालिका र युवालाई उनिहरुको अभिभावकको आँखा छलेर बस्तीभन्दा पर पढ्दै गरिरहेको संस्थाले जानकारी दिएको छ । उनीहरुमध्ये धेरै बालबालिका र युवाले अक्षर चिन्न थालि सकेका छन् भने कसैले नाम पनि लेख्न थालेका सोसेक संस्थाले जानकारी दिएको छ ।
पुर्खाले नगरेको काम भन्दै यो समुदायमा विद्यालय जानुलाई नराम्रो मानिन्छ । सोही कारण पढ्न रहर गर्ने बालबालिका र युवाले आफ्ना अभिभावक र समुदायका मुखियाको नजर छलि १८ वर्षमूनिका ६४ जना बालबालिका र २५ वर्ष हाराहारीका युवाले क,ख सिक्ने प्रयास गरिरहेको राउटे परियोजनाका शिक्षकले बताएका छन् । शिक्षकले जनाए अनुसार २२ जनाले आफ्नो नाम लेख्न थालिसकेका छन् । भने क,ख सँगै बार, महिनाका नाम भिडियो मार्फत सिकाइरहेको जानकारी गराएका छन् । साथै उनिहरुमध्ये धेरै बालवबालिकाहरु फोन मार्फत् आकर्षित भई नाम मात्र भएनी सिक्न चाहको उल्लेख गरेका छन् । तर, रहर गर्नेलाई केही समयअघिबाट मात्र पढाउन थालिएपनि अभिभावक र मुखियाको डरले आँट गर्न सकेका छैनन् । सुरुमा सो संस्थाले एकपटकमा २ देखि ४ जनालाई फोन देखाउँदै फकाएर पढाउने गरेको बताएका छन् ।
(सोसेक)ले राउटे समुदायमा आवद्व भई शिक्षक र स्वास्थ्यकर्मी राखेर २०७५ देखि परियोजना संचालन गर्दै आएको छ । २०७६ देखि उनीहरूको परिवर्तनको लागि काम गर्दै आएकाले नयाँ पुस्ताका राउटे समुदायलाई हातखुट्टा धुन, नङ काट्न र हात धोएर खाना सिकाइरहेको संस्थाले जानकारी दिएको छ । साथै उनीहरुलाई लगातार एक÷दुई घण्टा बसेर पढ्न गाह«ो हुनेभएकोले एकपटकमा ५ देखि १० मिनेट मात्र पढ्ने गर्दछन् । यो समय भन्दा बढी एक ठाउँमा बसाउन मुस्किल हुने गरेको संस्थाले जनाएको छ ।
हालसम्म राउटेहरुको संख्या १ सय ३७ रहेको छ । उनिहरु एक ठाउँबाट अर्को ठाउँमा बसाई सरिरहन्छन् । जंगलमा बसोबास गर्ने उनीहरु काठ, दाउरा, सिकार गर्ने जनावरको अभाव महसुस गरेर छिटो बसाइ सरिरहन्छन् । बस्ती फोहोर र कसैको मृत्यु भएपनि उनीहरु बसाइ सर्छन् । जंगलमा पुगेर काठका भाडा बनाएर गाउँमा अन्नपातसँग साँटेर जीविका धान्ने गर्छन् । पुरान पुस्ताहरुले यस्तो काम गर्दै आएकाले राउटे समुदायका अभिभावक र मुखिया भने पढ्न दिने कुरामा पुर्खाले नगरेको काम गर्न नहुने बताउँदै आएका छन् । पढ्यो भने समाज बिग्रने उनीहरुको तर्क छ, भने नयाँ पुस्ताका बालबालिकामा भने,‘बाउआमाले अनुमति दिए स्वतन्त्र रुपमा पढ्ने इच्छा व्यक्त गरेका छन् ।