काठमाडौं । एमालेले सहयात्री, पूर्वराजावादी मित्र बनाएर गणतन्त्रको हुर्मत लिने काम राप्रपाले गर्यो । पार्टी जीवनमा कष्ट भोगेकालाई धोक्का दिँदै पूर्वमण्डले र राजावादीको हाइहाइ धेरै समय टिकेन । आफू जस्तो छ, त्यस्तै गफ गर्ने र आश्वासन बाँड्न सिकेका असफल मन्त्रीहरु तिनकै वरपर छन्, जसले सरकारले दिएको ३५ अङ्क पाउन सकेनन् ।
काम गर्नेलाई कानुनले पनि छेक्दैन । भएका कानुन प्रयोग गरेर धेरै काम देखाउन सकिन्छ । तर पर्यटन, खेलकुद, उर्जा मात्र होइन भौतिक पूर्वाधार, भूमि व्यवस्था र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री पूर्णत असफल बनेका छन् । प्रधानमन्त्री एक्लैले काम गर्न सक्दैनन् । त्यसकै प्रतिफल पूर्वपञ्च र राजावादीहरूको आन्दोलनमा देखियो । सरकारले अराजक शक्तिलाई निगरानी गर्न सकेन । प्रधानमन्त्री ओलीले देशभित्रका दैनिक सूचना आफैले पाउने गरी गुप्तचर आफ्नै अधीनमा राख्दा गृहको सूचनाले काम गरेन । समस्या थाहा पाएर पनि नख्खुको बाढीबाट नागरिक बचाउन नसकेका गृहमन्त्रीको क्षमता आलोचना योग्य थियो । तर शेरबहादुर जस्तो राष्ट्रको नाममा पाँच पटक प्रधानमन्त्री बन्ने बाहेक उपलब्धि शून्य भएका नेताको नेतृत्वले पार्टीको नाममा गरेका अपराध देख्दैन ।
मन्त्री बद्री पाण्डेलाई सांसद राजेन्द्र बजगाईं, डा. सुनिल शर्माले कामको प्रकृतिका आधारमा विरोध गरे, नेतृत्वले सुनेन् । तेजुलाल चौधरीको खेलकुदमा शून्य चिन्तनले देशका राष्ट्रिय खेलहरू गुमनाम बन्दै गएका छन् । कुनै पनि कांग्रेसी मन्त्री आफ्नै काममा रमाएको होलान्, तर राम्रो काम गर्दा गर्दै स्वास्थ्य मन्त्रीको समेत विरोध भएको छ । ऊर्जामन्त्री त देशको काल नै भए, जसले स्वार्थ बाझिएका निर्णय गरेका छन् ।
एमालेका उद्योगमन्त्री दामोदर भण्डारीले उद्योगका स्वार्थमा काम गरेका छन् । सिमेन्ट र रडको मूल्य बढाउन दिएर कति खाए ? भुमिसुधारमन्त्री त कर्मचारी सरुवामै रमाएका छन् । भौतिक मन्त्रीले ट्राफिक प्रहरीलाई विवादमा पारेकै छन् । पैसा खाएर सवारी लाइसेनस बेच्ने ट्राफिककै कारण सवारी साधन दुर्घटना बढेको बताउँदा मन्त्री देवेन्द्र दाहालले आफ्नो त्यो हैसियत बिर्से कि सम्झिए प्रश्न उठ्छ । प्रधानमन्त्रीले पार्टीका भ्रष्टहरु हटाएर सक्षम र योग्य छान्थे भने कांगे्रेसलाई भ्रष्ट हटाउन बाध्यता हुन्थ्यो । तर गल्ती प्रधानमन्त्री ओलीकै छ, बद्नामी पनि उनकै भएको छ ।