कांग्रेसभित्रको असन्तुष्टि बढ्दा सभापति रनभुल्ल

Featured राजनीति समाचार

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारविरुद्धको आक्रोश ठेक्न नसक्ने भएका छन् । प्रधानमन्त्री केपी ओलीको हस्तक्षेपबाट आतिएका मन्त्रीहरू लुट्ने सपनामा रमाएका ऊर्जामन्त्री दीपक खड्का बाहेक खेलकुद मन्त्री तेजुलाल चौधरी जस्ता असक्षम पात्र पनि ओली नेतृत्वकोविरुद्वमा छन् ।

सरकारमा हामी छौं, तर प्रतिपक्षमा छौं, डाक्टर शेखरको ग्रुप पहिला ठूला पार्टी मिलेर बनेको सत्ता बयलगाडा लम्केजस्तो लम्किन्छ भन्ने थियो । संविधान संशोधन गर्ने झ्याली पिटाएर भूमाफिया र तस्करको पक्षमा अध्यादेश ल्याउन प्रधानमन्त्रीले लिएको अडान कांग्रेससँगको सल्लाहमा थिएन । प्रधानमन्त्री सिराहामा, उपप्रधानमन्त्री प्रकाशमान भोजपुरमा, डा. आरजु राणा काभ्रेका जनताबाट बहिष्कृत भएकै हुन् ।

कांग्रेसलाई ६२ (३) अनुसारको सरकार बन्न माओवादीले बाटो त खोल्यो । तर नक्कली शरणार्थीका लुटमा बालकोट र बुढानिलकण्ठतिर सोझिएपछि बेचन झा पक्राउ पर्नु प्रचण्ड सरकार गिर्ने बाटो थियो । प्रधानमन्त्री ओलीलाई आफ्नै निम्ति प्रधानमन्त्री भएको राष्ट्रलाई उपहार बेथिति र विसंगति थपेको समीक्षा तिनैले गर्दैछन् । जो सरकार सञ्चालन कार्यदलमा पनि छन् । डा.शेखर, गगन थापा र विश्व प्रकाशले सरकारको कुरा उठाउँदा प्रतिवाद गर्ने आँट कुनै मन्त्रीमा छैन । किनकि विभिन्न मन्त्रीहरुले एजेन्ट र बिचौलियाबाट कमिशन खाँदै आएका छन् ।

एमाले भित्रपनि अध्यक्षको घमण्डले गर्दा असन्तुष्टिहरु बढ्न थालेको छ । त्यो सँगै कांग्रेसभित्र आन्तरिक असन्तुष्टि बढेको छ । कांग्रेसले सरकारकै कुरा बढी गर्ने भएपछि केन्द्रीय समितिको पूर्ण बैठक पनि बस्न सकेको छैन । भगिनी संगठनहरुको नेतृत्व चयन गर्नेगरी अधिवेशन गर्न पनि सकेको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *