काठमाडौं । राजावादको आन्दोलन स्थगित हुँदै गएको छ । राजाले बहुदल दिँदा आफ्नै घरको चौधेरा नछाडेका कलाकार मनोजबाबु मिश्रका छोरा रविन्द्र मिश्रलाई प्रहरीले राज्यविरुद्वको मुद्दा लगाउँदा राज्यसँग लड्ने शक्ति क्षयीकरण हुँदैछ । हिजो राजाका विश्वासी बनेका धवलशमशेर राणाले पनि सरकारी दमन कस्तो हुन्छ बुझे । धवल शमशेर राप्रपाको निर्वाचित सांसद् होइनन् । नेकपा एमालेबाट उनी नेपालगंज उपमहागरको मेयर बनाइएका पात्र हुन् ।
पछिल्लो पटक राप्रपालाई यो विद्रोहको शक्ति एमालेमा ल्याउन अधयक्ष भएको कुरा भाटभटेनीका मिनबहादुर र रञ्जना टे«डका कालु गुरुङसम्मले स्वीकार्न कठिन छैन । दुर्गा प्रसाईं एमाले अध्यक्ष कै काखमा बसेर काखै दुर्गन्ध बनाइदिए । दुर्गाले पनि मार्सी धान चामलको भात खुवाएर प्रचण्ड र केपीलाई यतिबेला नांगो बनाएका छन् । आज राप्रपाले उपद्रो गर्दैछ । प्रधानमन्त्री केपी ओलीले ठाउँ दिएका जगमानदेखि जातीय आयोगमा ठाउँ दिलाएकाहरु पनि छन् ।
सरकारले काम गर्दैन, किनकि काम गर्न कांग्रेस एमालेको गठबन्धन भएको होइन । आफ्ना जोगाएर विपक्षलाई फसाउने सरकारले राप्रपा र कांग्रेसकै सांसदहरुबाट भएको सहकारी ठगीकाविरुद्ध कारबाही चलाउने संकेत देखाएन । राजावादीको आन्दोलनमा यस्ता मुद्दा जोडिन्छन्, तर चासो भने दिइएन । पछिल्लो समय धवल शमशेर र रविन्द्र मिश्रलाई लगाइएको हत्कडीले पूर्व पञ्चहरू आत्तिएका छन् ।
यतिबेला पञ्चायती राजको ३१ वर्षसम्म हत्कडी र गोलघरको सजाय खाएकाहरु राज्य दोहन गरिरहेका छन् । गणतन्त्रका विरोधीहरु यतिबेला शिथिल भएका छन् । शिक्षकहरुले आन्दोलन गरेर आगोमाथि घिउ थप्ने काम गरेका छन् । राजावादीले गरेको आन्दोलनले सरकार सतर्क भएको छ । कांग्रेसीहरुले गलत सम्झौत गरी फाइदा लिन सक्छन् । तर यसपटक प्रधानमन्त्री र शिक्षामन्त्री एमालेका छन् । राप्रपाले सरकारको विरोध गर्नुको कुनै अर्थ छैन, जुन पार्टीको लक्ष्य र उद्देश्य स्पष्ट छैन ।