काठमाडौं । सफामन र जनपक्षीय व्यवहार नहुँदा प्रधानमन्त्री बालेन्द्र शाह ‘वादी’हरुको ‘कालो चस्मा’ पहिरन संसदमा निषेध गर्ने सभामुखको उर्दी फुस्सा भएको छ । आफै रक्षामन्त्री भएका बेला प्रधानमन्त्रीलाई सेनाको अस्पतालले आँखाको रेटिना अनुसार चस्मा अनिवार्य भन्ने कागज तयार पा¥र्यो । प्रधानमन्त्रीले त्यो पत्रका आधारमा सभामुखको आदेश फुस्सा बनाए । तर रास्वपाका कालो चस्माधारी सांसदहरु खगेन्द्र सुनार, आशिका तामाङ, राजीव खत्री गणेश पराजुलीहरुलाई भने संसदमा जाँदाखल्ती र छातिमा झुण्ड्याएर बैठकमा बोल्दा त्यो चस्मा अर्थहिन भएको छ ।
सांसद आशिकाले चस्माबाटै संसदीय गतिविधि र आफ्ना क्रियाकलापलाई भिडियोमा कैद गर्ने अवस्थाबाट टाढिनुपर्ने भएको छ । जनसरोकारमा चासो नदिने सबैतिर सबै कुरा आफैले गर्न खोज्ने, अरुको विश्वास नगर्ने प्रधानमन्त्रीलाई भने सबैतिर छुट भएको छ । प्रधनमन्त्री नुवाकोटको बहार पुगे । जहाँ बाढीले घरवास गुमाएका पीडित मात्र छन् । रास्वपाभित्र दैवि विपत्तिको समेत ख्याल नगरी आफ्नै प्रचारमा रमाउन पाउने अधिकारलाई सभापतिले छेक्न सकेका छैनन् । अराजक रुपमा पुस्तुत हुँदाको रवैयालाई सभापतिले बारम्बार रोक्नै परेको छ ।
पार्टी पदाधिकारी र केन्द्रीय टोली मनोनित गर्न नसकिरहँदा दलका नेता प्रधानमन्त्री र पार्टी सभापतिकाबीचमा सरकारी कामकाजको बेहोरा पनि फरक बनाइएको छ । प्रधानमन्त्री शाहले संसदमा बोलेर कसैसँग परामर्श लिन रुची देखाएका छैनन् । विपक्षी दलका नेता तथा सांसदहरु संसदीय गरिमामा जुटे पनि सरकार चुपचाप रहेको छ ।

