बजेट अभावमा ९० वटा खानेपानी आयोजनाको काम अधुरै

अर्थ/वाणिज्य समाचार

काठमाडौं । कैलाली र कञ्चनपुरमा सञ्चालित खानेपानीका आयोजना बजेट अभावका कारण वर्षौंदेखि अलपत्रमा परेका छन् ।

यी आयोजनाबाट करिब दुई अर्ब दायित्व सिर्जन भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कैलालीले जनाएको छ । प्रत्येक वर्ष न्यून बजेट विनियोजन हुनेहुँदा आयोजना सम्पन्न भएकाले प्रतिफलसमेत प्राप्त नभएको कार्यालयले जनाएको हो । आर्थिक वर्ष २०७१/७२ देखि सञ्चालित सङ्घीय सशर्त अनुदानका कैलाली र कञ्चनपुरमा ९० वटा आयोजना अझै सम्पन्न हुन सकेका छैनन् ।

दशदेखि १५ हजार जनसङ्ख्या लाभान्वित हुने आयोजना सम्पन्न गर्न तीनदेखि ६ करोड बजेट आवश्यक देखिएकामा न्यून बजेट विनियोजन हुने गरेकाले काम अलपत्र परेको हो । जलवायु अनुकूलित बृहत् खानेपानी आयोजनाअन्तर्गतका कैलालीमा ३२ र कञ्चनपुरमा २२ वटा खानेपानी आयोजना अधुरा छन् । यी आयोजनाका लागि पर्याप्त बजेट नआउँदा सम्पन्न हुन नसक्नुका साथै एकातिर लागत वृद्धि भइरहेको छ भने अर्कोतिर नागरिकले स्वच्छ पिउने पानी पाउन सकि रहेको अवस्था छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *