सरकारले देशलाई झन् जटिल मोडमा लगेको प्रचण्डको टिप्पणी, भ्रष्टाचारमा लिप्त हुने र जनभावना विपरीत गए प्रतिवाद सडकबाट गर्ने चेतावनी

राजनीति समाचार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले देशलाई झन् जटिल मोडमा लगेको टिप्पणी गरेका छन् ।

बिहीबार ललितपुरमा श्रम उत्पादनमा वाईसीएल अभियानको शुभारम्भ गर्दै प्रचण्डले देश अहिले संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोणले निकै नै जटिल मोडमा रहेको उल्लेख गरेका हुन् ।

प्रतिपक्षले खबरदारी गर्दागर्दै पनि सरकार यसरी नै भ्रष्टाचारमा लिप्त हुने र जनभावना विपरीत गए सरकारको प्रतिवाद सडकबाट गर्ने चेतावनी उनले दिएका छन् ।
अहिलेको सरकारले जहाँ टेक्छ, त्यहीँ भ्रष्टाचार हुने गरेको आरोप लगाए । उनले वर्तमान सरकार सुशासनको विरुद्धमा खडा भएको आरोप लगाउँदै सम्पूर्ण रूपमा देशलाई असफल बनाउने दिशातर्फ अग्रसर भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *