डाक्टर अभावकै कारण स्थानीय सरकार बद्नाम हुँदै

शिक्षा/स्वास्थ समाचार स्थानीय तह

काठमाडौं । स्थानीय सरकार सञ्चालनमा आएको पनि ८ वर्ष बितिसकेको छ । स्थानीय तहमा विकास निर्माणको काम भन्दा पनि भ्रष्टाचारको काम बढि हुने गरेको छ । अधिकांश स्थानीय तहमा जनप्रतिनिधिहरुले काम भन्दा पनि गफ बढि गर्ने, देश दौडाहामा हिड्ने, उपभोक्ता समिति गठन गर्ने, ठेक्कापट्टा लगाउने र कमिसन बटुल्ने भन्दा अन्य काम गर्न सकेका छैनन् । स्थानीय जनप्रतिनिधिहरुले आर्थिक बर्ष नसकिदैँ कनिका छरे जस्तै बजेट छरेर बजेट सिध्याउने काम भन्दा अन्य काम गरेको पाइँदैन । कतिपय स्थानीय तहमा खानेपानीको समस्या त्यत्तिकै छ ।

त्यसैगरी स्वास्थ्य चौकीमा डाक्टर, नर्सहरु नभएको कारण विरामीहरु अलपत्र पर्ने गरेका छन् । त्यसप्रति स्थानीय सरकारले ध्यान दिनको छैन । सुगमदेखि दुर्गमसम्मका स्थानीय तहमा डाक्टर अभावकै कारण गर्भवती महिलाहरुले समयमा उपचार नपाएर अकालमै ज्यान गुमाउन बाध्य भएका छन् । संघीय सरकारसँग समन्वय गरी स्थानीय तहको स्वास्थ्य केन्द्रमा दक्ष जनशक्ति स्वास्थ्यकर्मी राख्नुपर्नेमा त्यो गर्न सकेको छैन । डाक्टर र नर्सहरु पनि स्थानीय तहमा जान हिच्किचाइँरहेका हुन्छन् ।

डाक्टर र नर्सहरुको अभावकै कारण औषधि उपचार नपाएर विरामीहरु भौतारिरहेका छन् । एकातिर यस्तो अवस्था छ भने अर्काेतिर स्थानीय तहको मालदार अड्डामा जानको लागि कर्मचारीको हालीमुहाली नै चल्ने गरेको छ । कर्मचारीले चाहेर मात्रै त्यो सम्भव हुने अवस्था छैन । त्यसमा स्थानीय जनप्रतिनिधि र कार्यकारी प्रमुखको भूमिका राम्रो भयो भने मात्र संम्भव हुन्छ । स्थानीय जनप्रतिनिधि र कार्यकारी प्रमुखको भूमिका नहुँने ठाउँमा कर्मचारीहरु जान मन पराउँदैनन् । कतिपय स्थानीय तहका जनप्रतिनिधिहरुले आफ्नो पार्टी निकट कर्मचारी खोज्ने र अर्काेतिर आफूलाई आम्दानीको स्रोत बनाइदिने कर्मचारी खोज्ने भएकाले स्थानीय निकायमा काम हुन सकेको छैन ।

स्थानीय तहका जनप्रतिनिधि र कार्यकारी प्रमुखको भूमिका राम्रो नहुँदा अधिकांश जनप्रतिनिधिहरु काम छाडेर विभिन्न ठाउँमा जाने र घुम्ने कारणले स्थानीय तहमा काम ठप्प हुने गरेको छ । उनीहरुले बजेट सिध्याउने भन्दा अन्य काम भएको पाइँदैन । स्थानीय सरकार र प्रदेश सरकारले केन्द्रको मुख ताक्दै गर्दा अधिकांश विकास निर्माणको काम हुन सकेको छैन ।

अर्काेतर्फ केन्द्रिय सरकार र प्रदेश सरकारको समन्वयकरी भूमिका नहुँदा प्रदेश सरकारले गर्नुपर्ने कामहरु गर्न सकेको छैन, उल्टै अलपत्र परेको छ । त्यस्तै राजनीतिक भागबन्डाकै कारण प्रदेश सरकार बनाउने र गिराउने खेलले गर्दा काम हुन सकेको छैन । बजेट सिध्याउने र बाँडिचुडी खाने भन्दा अन्य काम प्रदेश सरकारले गरेको पाइँदैन । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *