कांग्रेस फुटबाट जोगाउने डा. शेखर कोइरालाको दाउ

प्रमुख राजनीति विविध समाचार

काठमाडौं । पार्टी विभाजन गरी आफ्नो वंशवाद धान्ने दाउमा रहेका फुटपरस्तवादीहरुलाई पार्टी एकताको शुत्रधार बन्न पुगेका डा. शेखर कोइरालाको पाँच सुत्रीय प्रस्तावलाई संस्थापन पक्षले स्वीकार गर्ने अवस्था छ । १४ औं महाधिवेशनका सभापति शेरबहादुर देउवा र कार्यबाहाक सभापति पूर्णबहादुर खड्का फुटपरस्तवादीको चुनदेवी बैठकमा सहभागि बन्न नचाहनुले पनि डा. शेखर कोइरालालाई सस्थापनसँग छलफल गर्ने बल मिलेको हो ।

डा . कोइरालाले दुवै टीमका केन्द्रीय समितिको महाधिवेशन आयोजक समिति बनाउन।े क्रियाशील सदस्य अध्यावधिक नगर्ने जो जहाँबाट सदस्य छन् त्यहीँ रहने व्यवस्था स्वीकार्ने, कार्य व्यवस्था समितिमा सभापति गगन थापाकै बहुमत रहने जस्ता प्रस्तावले २४ भदौ देखिको वडा अधिवेशन रोक्ने जस्ता एजेण्डाले मूर्त रुप लिएको छ ।

गगन थापालाई सभापति नमान्ने कृष्ण प्रसाद सिटौला, प्रकाशमान सिंह, मोहन बहादुर बस्नेत, कान्छाराम तामाङहरुलाई यो एकता प्रक्रियाले लोप्पा खुवाएको छ । पैसा भएका सत्तमा रहँदा कुम्ल्याएकाहरुलाई पार्टी एकताको खाँचो छैन । तर पार्टी नफुटोस् भन्नेहरुको चिन्ता महाधिवेशन असोजको सट्टा मंसिरमा जावस् तर कांग्रेस बलयो होस् भन्ने छ । डा. शेखर कोइराला एकताकै लागि जुटेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *