सत्ता स्वार्थको कारण कहाँसम्म पुग्ने हो गठबन्धन ?

समाचार

रामचन्द्र बस्नेत
नेपाली कांगे्रस भित्र जती ठूलो असहमती र विवाद भए पनि यो पार्टी गठबन्धन मार्फत् नै संघीय र प्रदेश चुनाव लड्ने छ । किनभने यसैमा सभापति शेरबहादुर देउवाको स्वार्थ र राजनीतिक भविष्य जोडिएको छ । नेपाली कांगे्रस एक्लै लडे ०७४ सालको नियती दोहोरिन्छ भन्नेमा सभापति देउवाको ठम्याई रहेको छ । ०७४ सालको पराजयलाई विजयमा रुपान्तरण गर्नका लागि गठबन्धनको विकल्प नभएको विश्लेषण सभापति देउवाको रहेको छ र यो विश्लेषण सत्प्रतिशत सही पनि छ । तर विभिन्न आन्दोलनको नेतृत्व गरेको कांगे्रस आज एक्लै एउटा कम्युनिष्ट शक्तिको मुकाबिला गर्न नसक्ने अबस्थामा पुगेर यसका लागि कम्युनिष्ट शक्तिहरुहरुसँग मिल्न जानु पर्ने दिन आउनु कांगे्रसका लागि दुरभाग्य मान्नु पर्दछ । तर ठुलो दल हुने गरी परिणाम ल्याउने हो भने कांगे्रससंग यसको अर्को विकल्प पनि छैन ।
तर सभापति देउवा पार्टीको स्वार्थका लागि होईन आफ्नो स्वार्थका लागि कम्युनिष्ट शक्तिसँग गठबन्धन गरेर चुनावी मैदानमा जाँदै छन् । यसका लागि कांगे्रस सभापति देउवालाई स्थानीय निर्वाचनको परिणामले पनि उत्साहित तुल्याएको हुनु पर्छ । तर गठबन्धन मार्फत् निर्वाचनमा जादैमा स्थानीय निर्वाचनको परिणाम दोहोन्छि भन्ने स्थिति देखिदैन । र, सोचेको विपरित परिणाम पनि आउन सक्दछ । किनभने पाँच दलको गठबन्धनले संघीय चुनाव लड्ने भनेको प्रत्येक्ष तर्फको १६५ स्थान हो । प्रत्येक्ष तर्फ बढी स्थान जित्ने दलको हैसियत बढी हुन्छ भन्ने सबै दललाई थाहा छ । त्यस कारण सबभन्दा पहिले प्रत्येक्ष तर्फ बढी सीट पाउन गठबन्धनका सबैदलको प्रयाश हुनेछ । कांगे्रसलाई सबभन्दा ठुलो दल हुनका लागि प्रत्येक्ष तर्फ बढी सीट प्राप्त गर्नु पर्ने हुन्छ । उता गठबन्धनको प्रतिष्प्रद्र्धामा सबभन्दा ठूलो दल नेकपा एमाले छ र एमालेलाई प्रत्येक्ष तर्फ पछि पार्न नसने समानुपातिक तर्फबाट एमालेलाई पछि पार्ने सम्भावना अत्यन्त कम हुन्छ । तर गठबन्धनमा रहेका पाँच दललाई प्रत्येक्ष तर्फको १६५ स्थानमा भागबण्डा मिलाएर कांगे्रसलाई सबभन्दा ठूलो दल हुन सजिलो देखिदैन । पाँच दलको गठबन्धनमा सबैलाई मिलाउँदा कांगे्रसको भागमा अधिकतम १०० सीट पर्न सक्छ । तर यति सिटले कांगे्रसका बलिया आकाक्षींलाई चित्त बुझाउन कठिन हुन जान्छ । त्यो स्थितिमा कांगेसमा अन्तरघात र विद्रोह हुने निश्चित छ र गठबन्धन के का लागि भन्दा, आलोपालो सरकारको नेतृत्व प्रचण्ड र आरजुले गर्नका लागि भन्दा कांगे्रसमा अन्तरघात र विद्रोह बढ्ने निश्चित छ र आलोपालो सरकारको नेतृत्वको यो सहमती जनताको कानमा पुग्दा कांगे्रसको भोट घटने निश्चित मान्दा हुन्छ ।
यो विषयमा अर्को हेक्का राख्नु पर्ने पक्ष के छ भने राजनीति जस्तो सरल बाटोबाट राजनीति कहिले पनि हिँड्दैन । किनभने पाँच दल मिलेर लडेपछि एमाले सोत्तर हुन्छ भन्ने सोच राजनीतिमा चल्दैन । यो कुराको पुष्टी स्थानीय निर्वाचन परिणामले पनि गरेको छ । वास्तवमा गठबन्धन विचार सिद्धान्तमा नभएर स्वार्थको आधारमा भएको छ र यो कुरा आम जनतालाई राम्रोसँग थाहा छ । कांगे्रसलाई गठबन्धनको बैसाखीबाट सवभन्दा ठूलो दल हुनु छ भने माओबादी र ए समाजबादीलाई आफ्नो ईज्जत जोगनउनु छ । बाँकी दुई दल जनता समाजबादी र राष्ट्रिय जनमोर्चा त खालका च्याखे मात्र हुन । यस बाहेक ११० सीटको समानुपातिकले गठबन्धनका जनता समाजबादीलाई तथा राष्टिय जनमोर्चालाई सुखद परिणाम ल्याउँला जस्तो देखिदैन ।
सम्पन्न स्थानीय निर्वाचनमा गठबन्धनका पाँच दलले एकिनका साथ कसले कति प्रतिशत मत ल्याए भनेर कसैले पनि भन्न सक्दैन । किनभने गठबन्धनका पाँच दलले नै एक अर्कालाई मत दिएको स्थिति छ । यस बाहेक, अहिलेको ठुलो मध्यको एउटा दल माओबादी केन्द्रले सम्विधान जारी भएपछि सम्पन्न भएका दुईवटा स्थानीय र एउटा आमचुनाव मध्य कुनै पनि चुनाव एक्लै लडेको छैन । यसैगरी एक बर्ष अगाडी स्थापना भएको एकीकृत समाजबादीले पनि सम्पन्न स्थानीय निर्वाचन एक्लै लडेको छैन र कांगे्रसले पनि स्थानीय निर्वाचनमा एक्लैले कति मत प्राप्त ग¥यो भनेर कसैले भन्न सक्दैन । यो कारणले गर्दा पनि सरकारमा रहेका पाँच दललाई गठबन्धन आवश्यक परेको देखिन्छ ।
तर गठबन्धनको विषयमा महत्वपूर्ण पक्ष के छ भने नेपालले अवलम्वन गरेको निर्वाचन पद्दतीले एकल दलीय पद्दतीलाई हत्तपत्त सम्भव हुन दिँदैन । यस कारण पनि गठबन्धन आवश्यक छ । यही कारणले गर्दा एमाले, कागे्रंस जस्ता ठुला दलले पनि बहुमतको सपना देख्न छाडेर ठूलो दलको सपना देख्न थालेका छन । तर एकल बहुमतको पार्टीको पार्टी सरकारले समेत पाच बर्षे कार्यकाल पुरा गर्न नसकेको यो मुलुकमा गठबन्धन सरकार पाँच बर्ष टिक्ने सोच्नुलाई पनि दुस्साहस मान्नु पर्दछ । हामी अहिले यही दुस्साहसको दौरबाट गुज्रीराखेका छौ । र अस्वभाविक र अप्राकृतिक भए पनि गठबन्धनको संस्कृति भोगी राखेका छौ । तर अहिलेसम्म हामीले लोकतन्त्रको स्वाद र प्रतिफल भने चाख्न पाएका छैनौं ।
मुलुकमा नेकपा एमाले विभाजन भएसँगै गठबन्धनको संस्कृति विकास भएको छ । गठबन्धनको संस्कृति र नेपालले अपनाएको निर्वाचन प्रणालीले मुलुकको राजनीतिलाई थप अस्थिर बनाउँदै लगेको छ । अहिलेसम्म गठबन्धनका दलहरुको स्वार्थ मिलेको कारण आगामी आम निर्वाचनसम्म राजनीतिले स्थिरता पाएपनि त्यसपछि मुलुकको राजनीति नयाँ चरणमा प्रवेश गरेसँगै अस्थिरता पनि नयाँ चरणमा प्रवेश गर्ने सम्भावना अहिलेदेखि नै बलियो देखिएको छ । निर्वाचन पछि सरकार गठन गर्ने विषयमा विवाद हुने संकेत माओवादी अध्यक्ष प्रचण्डको व्यवहार र नेपाली कांग्रेसले हालै गरेको निर्णयले स्पष्ट गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *