६ महिने म्यादी मन्त्रीपछि ६ महिने म्यादी मुख्यमन्त्री विवाद सुरु

राजनीति समाचार

काठमाडौं । ६ महिने म्यादी मन्त्रीको विवादलाई समाप्त गरेको एकसाता पनि नबित्दै एकृकीत समाजवादी पार्टीको कारण ६ महिने म्यादी मन्त्रीको विवाद सुरु भएको छ ।

२०७८ साल कात्तिक ४ गते एकृकीत समाजवादीका सांसद राजेन्द्र पाण्डेको नेतृत्वमा गठबन्धनले सरकार गठन गर्दा ६ महिनापछि सरकारको नेतृत्व नेपाली कांग्रेसका सांसद इन्द्र बानियाँलाई हस्तान्तरण सहमति भएको थियो ।

उक्त सहमति अनुसार नेतृत्व हस्तान्तरण गर्न मुख्य मन्त्री राजेन्द्र पाण्डे माथि सरकारका २ घटक नेपाली कांग्रेस र माओवादी केन्द्रबाट दबाब बढन थालेको छ ।

मुख्यमन्त्री पाण्डेमाथि दबाब बढाउन कांग्रेस र माओवादी सांसद्ले हस्ताक्षण गर्ने संकलन गर्न थालेका छन् । उता एकृकीत समाजवादीले भने गठबन्धनका शीर्ष नेताहरुले निर्णय नगरी सरकारको नेतृत्वबाट राजेन्द्र पाण्डे नहट्ने निर्णय गरेको छ ।

यो विवादका सम्बन्धमा छलफल गर्न यहि आसर १८ गते एकृकीत समाजवादीको संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले यो निर्णय गरेपछि वागमती प्रदेश सरकारका सम्बन्धमा थव विवाद चल्न पुगेको छ ।

सरकार गठन हुँदा भएको सहमति अनुसार राजेन्द्र पाण्डेले सरकारको नेतृत्व कांग्रेस सांसद इन्द्र बानियाँलाई हस्तान्तरण गर्नुपर्छ भनेर माओवादी र कांग्रेसले मोर्चाबन्दी गरेका छन् ।

त्यस्तै बागमती प्रदेशमा बहुमतका लागि ५६ सांसद आवश्यक पर्दछ । अहिले बागमती प्रदेशमा माओवादीका २३, कांग्रेसका २२, एकृकीत समाजवादीका १३, यसै गरी प्रमुख प्रतिपक्ष नेकपा एमालेका ४१, र राप्रपा र जनता समजावदीका ३, ३, र विवेकशील साझाका ३ सांसद रहेका छन् ।

एकृकीत समाजवादीका सांसद राजेन्द्र पाण्डेको नेतृत्वमा गठबन्धनले गत कार्तिक ४ गते सरकार गठन गर्दा ६ महिने म्यादी सरकराको नेतृत्व कांग्रेसलाई हस्तान्तरण गर्ने सहमति भएको थियो।

तर, २०७८ साल भदौमा नेकपा एमाले विवादित भएर एकृकीत समाजवादी गठन भएपछि एमाले नेतृत्वमा रहेका १ न. लुम्बिनी, बागमती, गण्डकी, प्रदेशका सरकार अल्पमतमा पर्न गएका थिए । र, त्यो स्थितिमा गठबन्धनमा रहेका तीन ठुला दल मओवादी केन्द्र, नेपाली कांग्रेस र एकृकीत समाजवादीले दुई दुई वटा प्रदेश सरकारको नेतृत्व सहमति गरेका थिए ।

यो सहमति अनुसार एकृकीत समाजवादीले १ न. प्रदेश र बागमती प्रदेशमा सरकारको नेतृत्व गरिरहेको छ । यसै गरी नेपाली कांग्रेसले गण्डकी र कर्णाली प्रदेशमा सरकारको नेतृत्व गरेको छ । उक्त सहमति अनुसार माओवादी केन्द्रले लुम्बिनी र सुुदरपश्चिम सरकारको नेतृत्व गरिरहेको छ ।

अहिले सरकार गठन ह्ुँदा भएको सहमति अनुसार बागमती प्रदेश सरकारको नेतृत्व एकृकीत समाजवादीले कांग्रेसलाई प्रदेश सरकराको नेतृत्व ढाल्नु पर्छ भन्ने मत आउन थालेपछि एकृकीत समाजवादीकोे तर्फबाट पनि २, २ वटा प्रदेशसरकारको नेतृत्व गर्न सहमति तीन दल कांग्रेस, माओवादी र एकृकीत समाजवादीका बीचमा भएको थियो भन्दै उक्त सहमति अनुसार एकृकीत समाजवादीले बागमती प्रदेशको नेतृत्व ढाल्नु पर्छ भने एकृकीत समाजवादीले अर्का कुन प्रदेशमा नेतृत्व पाउँछ भने प्रश्न गर्न थालिएको छ ।

बागमती प्रदेशमा सरकार नेतृत्वका लागि गठबन्धनका दलहरुका बीचमा यसरी विवाद भइरहँदा गठबन्धनका शीर्ष नेताहरुले भने यी सम्बन्धमा अहिले सम्म मुख खोलेका छैनन् । त्यो स्थितिले बागमती प्रदेश सरकारभित्र नै विवाद बढ्न थालेको र पक्ष विपक्षमा विवादित हुने अवस्था आइरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *