किन ढिलाइ भयो प्रधानमन्त्रीको अमेरिका भ्रमण

राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरदहादुर देउवा एतिहासिक अमेरिकाको भ्रमणमा जाने र लगभग टुङ्गो लागेको छ । समाचार सुत्रका अनुसार प्रधानमन्त्री सचिवालय र परराष्ट्र मन्त्रालययले प्रधानमन्त्री देउवाले यहि असार २८ गतेबाट अमेरिकाको औपचारिक भ्रमण गर्ने कार्यक्रम तय गरेका छन् ।

तर, अमेरिकी राष्ट्रपति जो वाइडेनसँगको भेटको समय निश्चित नभएको कारण प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिकी भ्रमणको कार्यक्रम पनि निश्चिन हुन सकेको छैन ।

प्रधानमन्त्री देउवा अमेरिकी भ्रमण अगाडि नै संसदमा अहिले अगाडि बढ्न थालेको नागरिकता विधेयकलाई अन्तिम रुप दिएर कानून बनाउने र लोकतान्त्रिक समाजवादीलाई सरकारमा सामेल गर्ने योजनामा छन् । तर अमेरिकी राष्ट्रपति सँगको भेटवार्ता समय निश्चिन नभएको कारण भ्रमणको मिति तय हुन नकसकेको ले प्रधानमन्त्री देउवा अन्य महत्वपूर्ण कार्य समेत सम्पन्न गर्ने पक्षमा छन् ।

समाचार सुत्रका अनुसार लोकतान्त्रिक समाजवादीलाई सरकारमा ल्याउने वातावरण बनेपछि आम निर्वाचन मिति समेत तय गरेर अमेरिका प्रस्थान गर्ने योजना प्रधानमन्त्री देउवाको रहेको छ । उता शेखर कोइराला नेतृत्व कांग्रेसको संस्था बनाई इतर पक्षले प्रधानमन्त्री देउवामाथि दबाब बढाउन थालेको छ ।

यही क्रममा कोइराला पक्षले २ दिने छलफल कार्यक्रम सम्पन्न्न गरेको छ । र, प्रधनमन्त्री देउवाले एकलौटी ढंगले पार्टी सञ्चालन गर्न थालेको निष्कर्ष कोइराला पक्षको २ दिने भेलाले निष्कर्ष निकालेको छ ।

प्रधनमन्त्ती देउवाले सबै कांग्रेसीलाई समान व्यवहार नगरेको भन्दै उनले आफ्नो कार्यशैली परिवर्तन नगरे विगतमा स्व. गिरिजाप्रसाद कोइराला र स्व. सुसील कोइरालासँग माग्ने गरेको ४० प्रतिशत हिस्सेदारी जस्तै आफूहरुले पनि ४० प्रतिशत हिस्सेदारी माग्न सक्ने चेतावनी उक्त भेलामा दिएको थियो ।

प्रधनमन्त्री देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएको ६ महिना भन्दा बढी समय भइसकेको छ । कांगे्रसको विधान अनुसार महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र सबै विभागमा पदाधिकारी नियुक्त भइसक्नुपर्दछ । तर सभापति देउवाले अहिले सम्म कुनै विभागमा पनि पदाधिकारी नियुक्ति गरेका छैनन् ।

यसै गरी कोषाध्यक्ष पद पनि १४ औं महाधिवेशन सम्पन्न भएदेखिनै रित्त अवस्थामा छ । प्रधानमन्त्री देउवाले आफ्नो क्षमता पार्टी सञ्चालनमा देखाउन नसकेको कारण पार्टीका विभागहरुले अहिले सम्म पदाधिकारी पाउन नसकेको आरोप कोइराला पक्षको छ ।

त्यो आरोपको प्रतिवाद गर्दै देउवा निकट केहि कांग्रेसी नेताले पार्टीलाई मिलाएर लैजाने सदासय राखेको कारण पदाधिकारी उता नियुक्तिमा केहि ढिलाइ भएको भन्ने गरेका छन् । प्रधानमन्त्री देउवा अहिले मुलुक सञ्चालनको मामिलामा प्रचण्डको र पार्टी सञ्चालनको मामिलामा रामचन्द्र पौडेल र कृष्ण सिटौलाको भनाइ मात्र सुन्ने गरेको आरोप लगाउने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *