प्रधानमन्त्री शाह विदेशीको ‘ग्रान्डडिजाइन’मा फस्दै

राजनीति समाचार

रामचन्द्र बस्नेत
पछिल्लो घटनाक्रमले गर्दा नेपालको राजनीति विश्वको भू–राजनीतिमा फसेको अनुमान गर्न सकिन्छ । रास्वपाको दुईतिहाई नजिक बहुमतको सरकारका प्रधानमन्त्री बालेन्द्र शाह भू–राजनीतिमा फसिसकेका छन् । किन कि प्रधानमन्त्री शाह प्राप्त जनमतको कदर नगरी आफ्नो पद जोगाउनको लागि विदेशीहरुको डिजाइनमा चल्न थालेका छन् । उत्तरी छिमेकी मुलुक चीन र दक्षिणी छिमेकी मुलुक भारतले पनि प्रधानमन्त्री शाहलाई विश्वास नगरेपछि उनी पश्चिमाहरुको ‘ग्राइनडिजाइन’मा फसेका छन् ।

पश्चिमाहरुले नेपालमा युरोनियम उत्खनन् गर्ने, हाइड्रोपावर कम्पनी सञ्चालन गर्ने, नेपालका अमूल्य जडिबूटी संकलन गरी विश्वबजारमा पु¥याउने, नेपालको धर्म संस्कृति र परम्परालाई ओझेलमा पार्दै क्रिष्चियनहरुको प्रभाव बढाउने र नेपाललाई आर्थिक समृद्धितिर उन्मुख बनाउने प्रलोभन देखाएर प्रधामन्त्री शाहलाई प्रभावमा पारिरहेका छन् । तत्कालीन राजा महेन्द्रलाई पनि विदेशीहरुले भू–राजनीतिक चंङ्गुलमा फसाउन प्रलोभन देखाएका थिए । तर, राजा महेन्द्रले राष्ट्र, राष्ट्रियता र भौगोलिक अखण्डतालाई अच्छुणा राख्न विदेशीको इसारामा चल्न चाहेका थिएनन् । विदेशीको इसारा बुझेपछि तत्कालीन राजा महेन्द्र देश, जनता र राष्ट्रिय एकताको लागि अडिक भएर अगाडि बढेका थिए ।

तर, प्रधानमन्त्री शालेन्द्र शाह भने जनताको जनमतलाई लत्याएर पार्टी र सरकारका सम्बन्धित निकायलाईसमेत जानकारी नदिई एउटा कर्मचारीले जिल्ला भ्रमण गरेको शैलीमा मुस्ताङ पुगेर अमेरिकी प्रतिनिधिसँग गोप्य भेटघाट गरेको श्रोतले उल्लेख गरेको छ । प्रधानमन्त्रीको त्यो भेटघाटमा के खिचडी पाक्यो भन्ने कुनै जानकारी बाहिर आएको छैन । एकातिर यस्तो अवस्था छ भने अर्कोतिर प्रधानमन्त्रीको त्यो भ्रमणबारे न त रास्वपाभित्र छलफल भएको छ, न त सरकारका सम्बन्धित निकायलाई नै जानकारी छ । प्रधानमन्त्री शाहको यस्तो गतिविधिले गर्दा रास्वपा नै संघकटमा पर्ने देखिएको छ । प्रधानमन्त्रीले यस्तै गतिविधि गर्दै जाने हो भने एकातिर रास्वपाभित्र भाडभैलो भएर पार्टी नै फुट्ने संकेत देखिएको छ भने अर्कोतिर नेपालको राष्ट्रियतामाथि नै खतरा हुने देखिन्छ ।

प्रधानमन्त्री शाह तत्कालीन मेयर हुँदा ग्रेटर नेपालको नक्साले चर्चा पाएको थियो । त्यही नक्साको विषयलाई लिएर दक्षिणी छिमेकी मुलुक भारत पनि प्रधानमन्त्री शाहसँग रुष्ट बनेको संकेत देखिन्छ । यी र यस्तै हर्कतले गर्दा प्रधानमन्त्री शाह भविष्यमा एक्लो ‘वृहष्पति’ हुने आँकलन रास्वपाकै कार्यकर्ताहरुले गर्न थालेका छन् । त्यसले गर्दा रास्वपाका अधिकांश नेता÷कार्यकर्ताहरु गुट–उपगुट खडा गर्न थालेका छन् । रास्वपाभित्र नयाँ व्यक्तिहरुलाई महत्वपूर्ण जिम्मेवारी दिएर पुराना कार्यकर्तालाई पाखा लगाउने प्रवृत्ति हावी हुँदै गएको छ । त्यसले गर्दा पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहको पक्षबाट कुनै पनि नेता÷कार्यकर्तालाई पार्टीभित्र जिम्मेवारी दिइएको छैन ।

प्रधानमन्त्री शाहले पनि आफ्नो पक्षका कुनै नेता, कार्यकर्ता बनाउने चासो देखाएका छैनन् । पछिल्लो समय पार्टीको जिम्मेवारीमा राखिएका व्यक्तिहरु सभापति रवि लामिछानेले एकलौटी नियुक्ति गरेका छन् । रास्वपाको केन्द्रीय समिति सदस्य नियुक्ति वरिष्ठ नेता शाहको लागि केही सिट भने खाली राखिएको छ । खाली राखिएका ती सिटमापनि आफ्नो मान्छे राख्नको लागि शाहले कुनै चासो देखाएका छैनन् । पार्टीभित्र संरक्षण दिन नसकेपछि वरिष्ठ नेता शाहको पक्षमा कुनै नेता÷कार्यकर्ताले खुलेर समर्थन गर्न सकेका छैनन् ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *