रास्वपाका सांसद्जस्तै मन्त्री पनि बद्नाम

राजनीति समाचार

काठमाडौं । संसदले संसदीय गरिमाको ख्याल नगराख्दा जसरी आशिका तामाङ्ग, खगेन्द्र सुनार, केपी खनाल, राजु पाण्डे र विश्व पोख्रेल पंगु भए त्यही अवस्थामा मन्त्रीहरु सुनिल लम्साल र गणेश अधिकारी पुगेका छन् । जनतालाई तड्पाएर कहिले ग्याँस बेच्ने, कहिले घरवास नभएका सुकम्वासीको फुपडीमा जोडर चलाएर उठिवास लगाउने प्रधानमन्त्री बालेन्द्रको पछाडि लाग्न नहुने मत बढेपछि सभापति रवि लामिछानेको जीवनसमेत घरमराउँदै छ ।

पार्टी सभापति आफू भए तापनि प्रधानमन्त्री एवं संसदीय दलको नेताले काल, समय नबुझी प्रचारवाजी बन्दा पार्टी बेखबर हुनु पनि रास्वपाको अराजक चरित्र हो । जनप्रतिनिधिलाई काज सरुवा गर्नुपर्छ भन्ने सांसद पनि त्यहीँ छन् । युवतीसँग चुम्बन गरेको तस्वीर फेसबुक वालमा पठाएर भाइरल हुने अनि पत्रकारमाथि दमन गर्ने पनि त्यही छन् । उपसभामुखको राखी कथासँग जोडिएको प्रशंगमा आफ्ना गल्ती नदेख्नेले मुलुक हामी बनाउँछौ भन्नुको के अर्थ ? जो आफ्नै पदको गरिमा बुझ्दैन ।

प्रधानमन्त्री बालन्द्रका सचिवालयका कुमार वेन, अशिम शाह, सुभाष शर्मा, सुदिप ढकाल र विवेक मिश्रको विगत र वर्तमान बुझ्नेले पार्टी ठूलो कि प्रानमन्त्री पद ठूलो भनेर सोच्नुपर्दैन ? रास्वपा विनाको बालेन्द्र शाह होइनन् । तर संसदीय दलको नेताको नाताले प्रधानमन्त्रीले संसदमा विपक्षीले उठाएको आवाजका सन्दर्भमा आफ्नै सांसदलाई जानकारी नगराएकै कारण यो विवाद चर्किएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *