सरकारको गाईजात्रे चालमालाले सत्तारुढ दल रास्वपाभित्रै सत्तापक्ष र प्रतिपक्ष भएर खबरदारी गरेको छ । सांसद खगेन्द्र सुनार आफै विवादमा फसेका छन् । जिल्लादेखि स्थानीय तहसम्म उनको बारेमा अल्झन् छ । चुनावी लहरले उनलाई बर्दियावासी जनताको विस्वास भयो । तर खगेन्द्रलाई जनताले दिएको मत पचेन ।
सुनारको गर्जनलाई रास्वपाभित्र पचाइएको छैन । बोल्दा मर्यादामा नबसी आन्दोलनकारी बनेर संसद भवन जल्छ, सिंहदरबार जल्छ मात्र होइन सर्वोच्च अदालत पनि जल्छ भन्दै यी सुनार खुब डुक्रेका देखिन्थे । दलित अधिकारका लागि खगेन्द्रले आफूले आफैलाई बाँधेको नेल र हतकडीको अर्थ आफै माननीय भएर चुनिँदा पुरा भयो कि भएन ?
आज खगेन्द्रहरु अराजक भएका छन् । हिजो प्रश्न गर्ने ठाउँमा यी थिए आज जवाफ दिने ठाउँमा आफै भएको हे्रक्का छ कि छैन ? खगेन्द्र मात्र होइनन् । रास्वपाका सांसदहरुले संसदमा सरकारलाई सचेत गराएका छन् । सरकारलाई सचेत बनाउन विपक्षको मात्र भूमिका ताकेर हुँदै । आजको विपक्ष नेपाली कांग्रेस आफ्नै आन्तरिक लडाईँमा रुमलिएको छ । कांग्रेस र नेकपा एमाले, जनताबाट टाढा रहेका शक्ति हुन् । यीनलाई जनताले भोट दिनुपर्छ । जनतालाई यीनले दिने भनेकै आदेश हो । वर्तमान सरकारमा रास्वपा सत्तापक्ष पनि प्रतिपक्ष पनि भएको छ । प्रतिपक्ष प्रधानमन्त्रीलाई संसदप्रति जिम्मेवार बनाउन राखेको सभामुखको लामो समय वितिसकेको छ ।
रास्वपाका सांसदले पदीय गरिमा कति राखे ? उनीहरुलाई थाहा होला । विपक्षी बेन्चका दलहरुलाई आफ्नो अस्तित्व बचाउन हम्मेहम्मे परेको छ । सत्ता र कुर्सी गुमाएका कांग्रेस, एमाले र नेकपाका नेताहरुको मौनताले रास्वपाका सांसदहरुलाई प्रतिपक्षको भूमिका पनि सम्हाल्न वाध्य हुनुपरेको हो ।

