काठमाडौं । सुरक्षा निकायभित्र विगत लामो समयदेखि राजनीतिक अस्थिरतको कारण बढुवा रोकिँदा उच्च पदहर रिक्त हुँदै आएको थियो । सरकार फेरिए तापनि सुरक्षा निकायभित्रको प्रवृत्ति भने फेरिएको छैन । सुरक्षा निकायभित्र कसैलाई ‘माथैमाथ कसैलाई पुर्पुरोमा हात’को अवस्था अझै कायम छ । सुरक्षा निकायभित्र हुने विकृति र विसंगति कहिल्यै हट्न सकेको छैन । सरुवा, बढुवामा पनि कहिले राजनीतिक हस्तक्षेप हुन्छ त कहिले आइजीपीहरुको हस्ताक्षेप हुन्छ । त्यसले गर्दा सुरक्षा निकाय जहिले पनि बद्नाम हुँदै आएको थियो । सत्रस्श प्रहरी बलभित्र विगत लामो समयदेखि बढुवा रोकिएको थियो ।
तर, ढिलै भए तापनि सातजनालाई योग्यता र जेष्ठताको आधारमा वरिष्ठ उपरीक्षक (डीआईजी)मा बढुवा गरिएको छ । यसपटक राजनीतिक सोर्सफोर्सलाई भन्दा वरिष्ठतालाई आधार मानेर बढुवा गरिएको बतान्छ । वरिष्ठ उपरीक्षकमा वढुवा हुनेहरुमा दीपक कुमार थापा, सुधिर सुवेदी, महेश केसी, प्रकाश कुमार सुवेदी, चित्राङ्गत दाहाल, सुवाश भण्डारी र प्रदीपसिंह कार्की रहेका छन् । उनीहरु बढुवा भए तापनि सशस्त्रभित्रको विकृति भने रोकिएको छैन । यसरी बढुवा भएकाहरुले विभिन्न बाहिनीमा बसेर अकुत सम्पत्ति आजर्न गर्न सफल भएका व्यक्ति हुन् । हालका आईजीपी राजु अर्याल यही वैशाख १८ गते अवकासमा जाँदै छन् । आफू अवकासमा जानुभन्दा अगाडि उनीहरुलाई बढुवाको सिफारिस गरेका छन् । त्यसले गर्दा उनीहरु माग्यमानी डीआईजीमा पर्छन् ।
सशस्त्र प्रहरीभित्र जग्गा खरिदको नाममा भएको भ्रष्टाचारको छानविन कसले गर्ने ? भन्ने चर्चा त्यत्तिकै छ । जग्गा खरिदमा मुछिएका तत्कालीन डीआईजी कालीदास धौवाजी गत साउनमा जागिरबाट अवकास भएका थिए । जागिरबाट अवकास भए तापनि उनको सम्पत्ति छानविन गर्नुपर्ने आवाज सशस्त्रभित्र उठ्न थालेको छ । धौवाजीले सशस्त्रको अस्पतालका लागि जग्गा अधिकरण गर्दा आफ्नो नाममा पनि व्यक्तिगत जग्गा खरिद गरी अकुत सम्पत्ति आर्जन गरेको चर्चा छ । त्यसैगरी एसएसपी ज्ञानप्रसाद भूर्तेलले पनि सशस्त्रको लागि देशैभरि जग्गा खरिद गर्दा आफ्नो नाममा पनि सबै ठाउँमा जग्गा खरिद गरेको समाचार तामाकोशी सन्देशले विगत लामो समयदेखि सम्प्रेषण गर्दै आएको थियो ।
एसएसपी भुर्तेलको सम्पत्ति पनि छानविन हुन सकेको छैन । उनले सशस्त्रमा गरेको अनियमितताको समाचार बाहिर आउँदा पत्रकार राजनीतिक दलका नेताहरुलाई सोर्सफोर्स लगाएर रोक्ने प्रयास गर्थे । त्यसैगरी मिसन भ्रमण, रासन खरिद, हतियार खरिद र सत्ताकपडा खरिदजस्ता विषयमा हुने गरेको भ्रष्टाचारको पनि छानविन भएको छैन । त्यस्तै देशैभरका गुल्मका भौतिक संरचना निर्माणमा हुने भ्रष्टाचारको पनि छानविन भएको छैन । अझ बलम्बु हस्पिटलभित्र भएको भ्रष्टाचारको फाइल खोल्न सकेको छैन । त्यही भ्रष्टाचारको पोल खुल्ने डरले पनि सशस्त्रको गोदाममा आगो लगाइएको सशस्त्रभित्रकै एक कर्मचारीले नाम नबताउने सर्शतमा उल्लेख गरेका छन् । यदि सशस्त्र प्रहरीभित्र हुने गरेको भ्रष्टाचारको छानविन गरेको खण्डमा सबैको पर्दाफास हुने बताइन्छ ।

