गृहमन्त्रीकै कारण प्रहरी प्रशासन फितलो

राजनीति समाचार

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृहप्रशासन चलायमान बनाउन नसक्दा सबै क्षेत्रमा माफिया र तस्करहरु हावी भएका छन् । प्रहरी संगठनभित्र व्यापक राजनीतिकरण हुँदा दिनप्रतिदिन प्रहरी संगठन कमजोर बन्दै गठएको छ । एसएसपी बढुवाको तयारी गर्नुपर्नेमा एआईजी बढुवा गरेर भीड जम्मा गरिरहेका छन् । एयर पोर्टको अध्यागमन कार्यालयमा प्रहरी र गृहमन्त्र मन्त्रालयका कर्मचारीहरुको सेटिङ मानव तस्करहरुसँग चलिरहेको छ । सिडिओ सरुवामा पनि त्यत्तिकै चलखेल गरिएको थियो ।

प्रहरी प्रशासन कमजोर भएकै कारण उपत्यकादेखि देशका विभिन्न नाकाहरुमा चोरीतस्करीसँगै आपराधिक घटनाहरु बढिरहेका छन् । त्यस्तै होटेल, रेष्टुरेन्टहरुमा जुवातास खेलाउनेदेखि यौनधन्दा फस्टाइरहेका छन् । त्यसैगरी विभिन्न रिसोट र होमस्टेहरु पनि जुवातास, लागुपद्धार्थ र यौनधन्दा चलाउने अखडा बन्दै गएको छ । स्वदेशी तथा विदेशी पर्यटकहरुले यातायात र शान्तिसुरक्षाको अनुभूति गर्न सकेका छैनन् । होटेल, रेष्टुरेन्ट र रिसोटहरुमा हुने विकृति, विसंगतिहरुलाई नियन्त्रण गरेर पर्यटकमैत्री वातावरण बनाउन सकेको अवस्था छैन । प्रहरी महानिरिक्षक वसन्त कुँवरले प्रहरी संगठनभित्र भएका विकृति र विसंगतिहरुलाई नियन्त्रण गरेर शान्तिसुरक्षा दिन नसकेको गुनासाहरु आइरहशेका छन् ।

दुई सयभन्दा बढी एसएसपी, डीएसपी, एसपी, इन्स्पेक्टर र सहीहरुको बढुवा लामो समयदेखि रोकिँदै आएको छ । लामो समयदेखि २० भन्दा बढी एसएसपीको दरबन्दी रिक्त छ । त्यसैगरी डिएसपी र इनिस्पेक्टरको बढुवा गर्नुपर्ने संख्या पनि ठूलो छ । तर, त्यतातिर गृहमन्त्री लेखकले ध्यान दिन सकेका छैनन् । गृहमन्त्री लेखक परराष्ट्रमन्त्री आरजु राणाको इसारामा चल्दा गृहप्रशासन फितलो हुँदै गएको छ । त्यस्तै सशस्त्र प्रहरी बलभित्र पनि सरुवा, बढुवा अलपत्र अवस्थामा गुज्रिरहेको छ । त्यसले गर्दा पनि रमेश लेखक अहिलेसम्मकै कमजोर गृहमन्त्री बन्न पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *