काठमाडौं । जसको सिङ छैन, उसाके नाम तिखे । यो भनाई आँफै सकिँदै गएको उपनिर्वाचनमा माओवादीको जोडबलमा मधेशतिर एउटा वडा मात्र जितेको नेकपा एकीकृत समाजवादीसँग मिल्छ । संसदको चुनावमा माओवादीको सहयोगबाट १० सिट हासिल गरेको थियो । कलम पार्टीको कुरा चर्को छ । जुन पार्टीले एक्लै चुनाव लड्दा, एक सिट जित्दैन, जसको जनाधार छैन, उसका कुरा चर्का हुन्छन् भन्ने कुरा नेकपा एकीकृत पार्टीमा छ ।
विचार र सिद्धान्त नै स्थापित नभएको त्यो पार्टीले माओवादीसँग एकता नगरे कार्यकर्ता पुरानै घर फर्कने निश्चित छ । हालै पत्रकार महासंघको चुनावमा समाजवादी प्रेस संगठन नेतृत्वको क्षमताहिनता छर्लङ्ग भएको छ । टिकट नपाएर उम्मेदवार बन्न नपाउँदा संगठन नै छाडेका अनुहार त्यहाँ छन् । एकीकृतका सांसद प्रेम आले, कृष्णकुमार श्रेष्ठ, चन्द्रबहादुर थापा जस्ताले पार्टी नै त्याग्ने बाटो खोजेका छन् । चुनाव घोषणा भएको खण्डमा एमालेमा फर्कन तयार भएका शेरबहादुर कुँवर र भानुभक्त जोशीहरुलाई एकीकृतले पार्टीको नेतृत्वमा राख्न बाध्य भएको विषय पनि त्यहाँ जोडिन्छ ।
जिल्ला संगठन विस्तार भएको ठाउँमा नगर र गाउँपालिका कमिटी बनेका छैनन् । त्यही पार्टीले विचारको कुरा गर्छ सिद्धान्तको गफ दिन्छ । केन्द्र धाउन नसक्ने नेताहरू गाउँ फर्किँदैनन् । झलनाथले इलाम २ मा जितबहादुर राईले पाएको मतलाई कसरी लिए, जबकि राईको जमाना जफत भयो । स्थानीय तहको चुनावी परिणामले एकीकृत समाजवादीलाई हौस्याउन पाएन, बरु माओवादी दोस्रो भयो । जुन पार्टीलाई सत्ताले घेराबन्दीमा पारेको छ । कुनै दलसँग एकता नगर्ने तर कार्यगत एकता गर्ने त्यो पार्टीसँग सहकार्य गर्दा माओवादीलाई फाइदा हुँदैन एमालेको जबज त्याग्न नसकेको एकीकृत भित्र अध्यक्ष नेपाललाई संकटमाथि संकट थपिएको छ ।