स्वतन्त्र निजामति कर्मचारी अभियानका संयोजक पशुपति पोखरेल

राजनीति समाचार

अहिले नेपालमा कर्मचारीसँग सम्बन्धित निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन,एमाले निकट नेपाल निजामती कर्मचारी संघठन,कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन (संघ),माओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती र मधेस निकट नेपाल मधेसी निजामती कर्मचारी मञ्च लगायतका संगठनहरु अस्तित्वमा छन् ।

यी संघ संघठनहरुले कर्मचारीको मुद्धाको उठान गर्ने तर निकास नदिने, संगठनले उठाएको मुद्धा,दलीयकरणका कारण छोडिदिने गर्न प्रवृत्ति बढेपछि त्यसलाई निराकरण गर्न र कर्मचारीको मुद्धाको उठान गरी त्यसलाई निकास दिन सकेको छैन् । उनी भन्छन् यो निजामती प्रशासनलाई ध्वंश कसैले बनाएको छ भने त्यो राजनीतिक संरक्षणमा रहेका कर्मचारी संगठनबाट भएको छ । म लामो समय १३÷१४ वर्षको लामो समय निजामती सेक्टरमा अग्र भूमिकामै रहेर मैले काम गरेको छु। ट्रेड युनियनहरूमा रहेर पनि मैले काम गरेको छु।

यी सबै कुराहरुलाई हेर्दै जाँदाखेरि जुन हिजो राजाको शासनकालमा निजामती प्रशासनमाथि जुन किसिमको हैकमवाद थियो ती प्रशासकहरु संवादमा हिँडिरहेका थिए। अहिले मुलुकलाई स्वतन्त्र हुँदै आइसकेको र गणतन्त्रको स्थितिमा आइसकेपछि कर्मचारीहरुले ट्रेड युनियनका नाममा कर्मचारी संगठनहरुले ब्याज खाने काम गरेर गरेका छन् । सर्भे नै गरेर हेर्ने हो भने ट्रेड युनियन आवश्यक छ भन्नेमा कर्मचारीहरु ८० प्रतिशत पनि पाइँदैन। ८० प्रतिशत कर्मचारी ट्रेड युनियनको विरुद्धमा छन्। २० प्रतिशत भन्दा कर्मचारीहरुले ट्रेड युनियन आवश्यक छ भन्दै भन्दैनन् जसले त्यसको लाभ लिएका छन् । ट्रेड युनियनको भूमिका कुनैबेला थियो ।

हिजो जुन शासकले टेर्दैन थियो कर्मचारीलाई निकाल्ने गथ्र्यो पेल्ने गथ्र्यो काममा लाउने कुरामा चाहिँ आफन्त अथवा नजिकका मान्छेहरु मान्छेहरूलाई काम लगाइन्थ्यो विभेद हुन्थ्यो त्यो बेलामा हामीले ट्रेड युनियनको माग गरेका हौँ। त्यो ट्रेड युनियनसँग लडेका पनि हुन् । तर अहिले बिस्तारै उनीहरू दलको पूर्ण रुपमा भातृ संगठनको रुपमा काम गर्ने र भोट माग्ने, नेताको चाकरी गर्ने, नेता सँगसँगै हिँड्नुपर्ने भएको छ । त्यसैले हामीले भनेका छौँ सकेसम्म एउटा मात्रै ट्रेड आधिकारिक ट्रेड युनियन हुनुपर्छ।

आधिकारिक ट्रेड युनियन प्रत्यक्ष निर्वाचन हुनुपर्छ। हामी आइडेन्टी कार्डका आधारमा त्यो चुनाव लड्छौं र जसले त्यसलाई जित्छ त्यसले आफ्नो कार्यकालमा ट्रेड युनियन कर्मी भएर काम गर्छ र अन्यले चाहिँ कार्यालयमा काम गर्नुपर्छ भनेर माग गरेका छौँ । अहिले ४ देखि पाँचवटासम्म राष्ट्रिय स्तरका ट्रेड युनियनहरू छन् जो दलगत ट्रेड युनियनहरू हुन् उनीहरू सधैँजसो काजमा रहन्छन्। जिल्लादेखि केन्द्रसम्म सबै काजमा रहन्छन्। विदेश दौडन र संगठन विस्तार गर्न काम गर्दै आएका छन् । उनीहरू काम नगरिकन राज्यबाट तलब बुझेका छन् । त्यसैले यस्तो कर्मचारी संगठन आवश्यक छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *